पश्चिम नवलपरासीमा सवारी दुर्घटना हुदा एकको मृत्यु, चार जना घाइते

0
Quantam abroad studies

उर्मिला यादव
मंसिर ४,
पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर एक बासा चोकमा आज दिउसो सवारी साधन दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छ्न् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका अनुसार पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको प्रदेश ३.०१. ०२३ च ५७६६ नम्बरको बलेरो पिकअपले बिपरीत दिशाबाट आउदै गरेको लु १ ह ८१० नम्बरको अटो रिक्सालाइ ठक्कर दिदा अटो रिक्सामा सवार रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ११ बस्ने ५५ बर्षिय दुर्गा बहादुर बिकको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ भने घाइते हुनेमा अटो रिक्सा चालक रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका ११ बस्ने ३६ बर्षिय जगराम चौधरी, सोहि अटोमा सवार सोहि स्थान बस्ने ४० बर्र्षिय दुर्गा बिक, ५० बर्षिय सन्त कुमारी बिक, ४२ बर्षिय फुल माया बिकको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।


ठक्कर दिने बलेरो पिकअप र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनु भएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.