प्रदेश नं.२ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह द्वारा छठ पर्व को शुभकामना

0
Quantam abroad studies

मंसिर, ५

सूर्य उपासनाको महान् लोकपर्व छठका अवसरमा व्रतालु, श्रद्धालुलगायत सबै आस्थानत व्यक्तिहरूको सुख, समृद्धि र आरोग्यको कामना गर्दछु ।

जीवन र जगतको स्रोत सूर्यदेवप्रति कृतज्ञता प्रकटीकरणका लागि गरिने पूजाअर्चनाले प्रकृतिप्रति मानवीय अपेक्षा, चासो र लगावलाई अभिव्यक्त गर्दै आएको छ । जीवनदायिनी शक्ति सूर्यले हामीलाई जीवन र बोटबिरुवालाई भोजन उपलब्ध गराउँदछ । जसबाट यस पृथ्वीमा जीवन अस्तित्वले निरन्तरता पाउँदै आएको छ । यस अर्थमा हामी छठ पर्वलाई जीवन–संस्कृतिको अभिन्न र अविछिन्न अंग बनाएका छौं । कठोर निर्जल व्रत छठले शारीरिक तथा मानसिक शुद्धता एवं पवित्रताको सन्देश पनि दिन्छ ।

समानता र सद्भावको अनौठो यो अवसरले प्रकृतिप्रदत्त शक्तिप्रति आभारभाव मात्र होइन, उच्चतम मूल्यमा आधारित मानवीय मर्यादाले परिपूर्ण समुदायको झाँकी पनि प्रस्तुत गर्दै आएको छ । यस पर्वको सन्देशबाट प्रेरित हुँदै समानता र सामाजिक न्यायमा आधारित समाज निर्माणको पथमा हामी अग्रसर हुने संकल्प लिने यो बेलामा फेरि पनि सबैमा प्रदेश नं. २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह छठ पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.