नेकपा (माओवादी केन्द्र) को बैठक सोमबारबाट काठमाडौंमा बस्दैः देशभरबाट नेताहरु आउने क्रम जारी वैचारिक–राजनीतिक विषयमा महत्वपूर्ण छलफलह हुने


मंसिर ५,
भिम बहादुर
बिककाठमाडौं ।
हालै बसेको राजनीतिक परिषद् (पोलिटव्यूरो) बैठकको निर्णय अनुसार पार्टी, संगठनको सुढृणीकरण तथा राजनीतिक वैचारिक लगाएतका महत्वपूर्ण विषयमा छलफल गर्नको लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समितिको बैठक आउँदो सोमबारबाट काठमाडौंमा बस्दैछ ।
गत असोज २५ र २६ गते काठमाडौंमा बसेको माओवादी केन्द्रको पोलिटव्यूरो बैठकले पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रियता, जनतन्त्र र जनजीवीका सम्बन्धीत समस्याहरु र पार्टी ले खेल्नु पर्ने भुमिका लगाएतका विषयमा छलफल गर्न यहि मंसिर ८ र ९ गते केन्द्रीय समितिको बैठक गर्ने निर्णय गरेको थियो ।
माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तिलक थापा मगरका अनुसार पार्टी केन्द्रको बैठक विश्वव्यापी कोरोना त्रासका कारण उच्च स्वास्थ्य सतर्कता अपनाउँदै काठमाडौंमा गर्ने तयारी भैरहेको छ । माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष थापामगरले बैठकमा सहभागि हुने नेताहरुको स्वाथ्यमा जटिल समस्या देखिएको अवस्थामा स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य सतर्कता सहित सबै नेताहरुलाई सामाजिक दुरी कायम गर्दै बैठक सहभागि गराइने बताएका छन् ।
माओवादी केन्द्रका महासचिव कणजीत बुढाथोकी ‘शुशिल’ ले पार्टी केन्द्र समितिको बैठक यस अघि पोलिटव्यूरो बैठकले तोकेको मितिमा हुने भएकाले देशभरका सबै केन्द्रीय समिति का नेताहरुलाई आवश्यक तयारी सहित उपस्थित हुन आन्तरिक परिपत्र मार्फत जानकारी गरिसकेको आज प्रेस सेन्टर नेपालका नेताहरु सँगको भेटको क्रममा बताएका छन ।
माओवादी केन्द्रका महासचिव बुढाथोकीले बैठक दुईदिनको लागि बोलाइएको बताएका छन । उनले बैठकको तयारीका सन्दर्भमा केन्द्र पार्टीले गरेको आन्तरिक परिपत्रबारे सबै प्रदेश पार्टीले औपचारिक – अनौपचारिक बैठक मार्फत सबै नेता, कार्यकर्ताहरुमा जानकारी गरिसकेको बताए । महासचिव बुढाथोकी का अनुसार बैठक मा सहभागि हुनका लागि देशभरबाट माओवादी केन्द्रका करिब पाँच दर्जन नेताहरु आउने भएका छन । उनले बैठकको आन्तरिक सैद्धान्तिक राजनीतिक तयारीका साथै अन्य ब्यानर, कोटेशन, झण्डा, खाना, नास्ता, हल लगाएतको सम्पूर्ण तयारी भैसकेको बताए ।
त्यस्तै बैठकको तयारीका लागि माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका सुदूरपश्चि प्रदेश इन्चार्ज रंगनाथ ढकाल, पार्टी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज विनोद उपाध्याय लगाएतका केही पोलिटव्यूरो सदस्यहरु राजधानी पुगिसकेका छन । माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष थापा र अर्का सचिव राजन तिमल्सिना लगाएत अधिकाशं नेताहरु पनि काठमाडौंमै रहेका छन ।
माओवादी केन्द्रका सचिव उपाध्याय का अनुसार केन्द्रीय समितिको बैठक तोकिएकै कार्यसूचिमा हुने भएपनि त्यसको थप सैद्धान्तिक तयारीको लागि भोलि मंसिर ६ गते पदाधिकारी र पर्सि ७ गते पोलिटव्यूरो सदस्यहरुबिच छलफल गरिने भएको छ । उनले पार्टीलाई राजनीतिक तथा वैचारिक रुपमा एकताबद्ध बनाउँदै अघि बढ्न केन्द्रीय समितिको बैठक महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।
त्यस्तै माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका सुदूरपश्चिम प्रदेश इन्चार्ज रंगनाथ ढकाल ले पछिल्लो समय ओली सरकारले अंगालेको राष्ट्रघात, जनघात र अपराध, भ्रष्टाचार संरक्षमुखि गतिविधि को व्यापक भण्डाफोर गर्दै आम क्रान्तिकारी शक्ति र जनसमुदायलाई सर्वहारावर्गिय राज्यसत्ताँ को लागि सडक संघर्षमा जोड्ने महत्वपूर्ण तयारीको पक्षमा केन्द्रीय समिति बैठक केन्द्रीत हुने बताएका छन ।
उपाध्यक्ष ढकालले दलालीकरण मा मस्त ओली सरकार र दलाल संसदवादी व्यवस्थाका कारण जनताको जीवनयापनमा कठिन अवस्था आएको ठहर गर्दै माओवादी केन्द्रले अघि सारेको महान जनविद्रोहको तयारीमा आ – आफ्नो ठाउँबाट जुट्नका लागि बैठकले प्रगतिशिल शक्ति र आमजनसमुदायमा अपिल समेत गर्ने बताए ।
माओवादी केन्द्रका अधिकांश नेताहरुले उक्त बैठक पार्टीमा गतिशिलता र राजनीतिक मुद्दामा संघर्षको तयारीका हिसावले अत्यन्त महत्वपूर्ण हुने अपेक्षा गरेका छन । बैठक मा राजनीतिक, सैद्धान्तिक र संगठनात्कम विषयमा छलफल सहित निर्णय हुने बुझिएको छ ।
बैठकको तयारीका लागि प्रदेश नम्बर एकमा व्यापक छलफल र तयारी गरिएको नेताहरुले बताएका छन । त्यस्तै प्रदेश दुईका अध्यक्ष बब्लुसिंह ठाकुर ले समेत दुई नम्बर प्रदेशमा पनि बैठकको विषयमा सबै तयारी भएको र नेताहरु सहभागि हुने बताएका छन ।
त्यस्तै वाग्मती प्रदेशमा समेत बैठको आधारभूत तयारी सहित उपस्थिति हुने विषयमा विभिन्न ढंगले छलफल भएको छ । वाग्मती प्रदेशका उपाध्यक्ष प्रकाश दाहालका अनुसार केन्द्रीय समिति बैठक स्थलको तयारीका विविध पक्षमा व्यपक तयारी भएको छ ।
त्यस्तै सुदूरपश्चि प्रदेश समितिको बैठक प्रदेश संयोजक लोकेश को अध्यक्षता मा हालै सम्पन्न भएको छ र त्यहाँबाट एकमतका साथ वैचारिक स्पष्टता सहित नेताहरुले माक्र्सवाद लेनिनवाद र माओवाद प्रति ढृण प्रतिवद्धता सहित बैठक मा छलफल गर्ने तयारी गरेका छन ।
त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका साथै अन्तराष्ट्रिय विभाग, जवज मोर्चा, संघ, संगठनहरु मा समेत केन्द्रीय समितिमा छलफलका विषयहरुमा सक्रिय सहभागिता जनाउने विषय मा औपचारिक – अनौपचारिक बैठकहरु, सूचनाहरु भएको बुझिएको छ ।
उक्त बैठक वैचारिक राजनीतिक पक्षमा छलफल केन्द्रीत हुने र नयाँ उभारसहित पार्टीलाई जनतासँग र समाजका अन्तर विरोध सँग जोड्ने नीति सहित नेतृत्व, जिम्मेवारी मा समेत हेरफेर बारे निर्णय गर्ने छ । बैठकमा विभिन्न क्षेत्रबाट माओवादी केन्द्रमा ध्रुविकृत हुने विषयमा यसअघि चलेका प्रस्तावमा समेत छलफल गर्ने बताइएको छ ।
बैठक कार्यवाहक अध्यक्ष तिलक थापामगरको अध्यक्षतामा बस्ने बुझिए को छ । साथै प्रचण्ड समुह को एमाले करणबपछि माओवादी केन्द्रको पुर्न स्थापनामा महत्वपूर्ण योगदान गरेका पूर्व मन्त्री, तत्कालिन माओवादी केन्द्रका सचिवालय सदस्य तथा निवर्तमान अध्यक्ष गोपाल किरातीलाई पार्टीको बैठकमा आतिथ्यताका लागि आमन्त्रण गरेको छन्।
