

शत्रुघन खरविन्द,
कपिलवस्तु, मंसिर ५
चार दिनसम्म ब्रत बसेर मनाइने छठ पर्वको आज तेस्रो मुख्य दिन (षष्ठी) हो । छठपर्वको आज तेस्रो दिन ब्रतालुहरु घाटमा पुगेका आज अस्ताउँदै सूर्यलाई अर्घ दिएका छन् । कपिलवस्तु जिल्लाको वाडगांग नदीको रामघाटमा आज अस्ताउँदै सूर्यलाई अर्घ दिएका छन । छठ पर्वका लागि तयार पारिएका ठेकुवा, केरा, भुसुवा लागायत विभिन्न प्रकार का फलफूल तथा प्रसादहरु बोकेर ब्रतालुहरु अस्ताउँदै सूर्यलाई अर्घ दिन छठ घाट पुगेका थिए । कपिलवस्तु जिल्ला को सदरमुकाम तौलिहवा स्थित नगरपालिकाको वडा नम्बर ३ जमुवारनदी लगायत जिल्लाको बाणगंगाको रामघाटनदी र कृष्णनगर सुरैया नदी र तालहरुमा अस्ताउदो सुर्यलाई अर्घ दिई छठ पुजा शुरु गरिएको हो ।
तौलिहवा, कृष्णनगर, बहादुरगंज, पकडी लगायतको विभिन्न ठाउँको पोखरी, तलाउ, नदी तथा जलासयहरु गएर अस्ताउँदै सूर्यलाई ब्रतालुहरुले अर्घ दिएको छन । विगतको वर्षहरुमा छठपर्व भीडभाडका साथ मनाए पनि यसवर्ष कोभिड- १९ रोगबाट बाच्न स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर छठ पर्व मनाइदै छ । कपिलवस्तु नगरपालिका र बुद्धभुमि नगरपालिका को वाडगांग नदी को रामघाट मा छठघाटलाई झिलीमिल बातीले सजाइएको छ ।
अस्ताउँदै गरेको सूर्यलाई अर्घदिई रातभर छठ घाटमै जागराम बसेर विभिन्न छठसम्वन्धित गीत संगत, कथा कहानी सुनेर र हेरेर भक्तजनहरुले रात बिताउने गर्दाछन । यस्तै भोली (शनिबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न गर्दैछन ।
छठ पूजाका लागि गहुँ र चामल ओखल, जाँतो वा ढिकीलाई चोखा नितोगरी कुटान (पिसान गरी त्यसबाट विभिन्न परिकार बनाइएको हुन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला–गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्यहरु विभिन्न भक्ति एवं लोकगीत गाउँदै पोखरी तथा जलाशय सम्म पुगेका थिए । छठका लागि बनाइएका परिकार पोखरी तथा जलासयको किनारमा राख्नु अघि बत्तीले पाँच पटक ढोगेका थिए ।
त्यस ठाउँ लाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धति अनुसार अरिपन चित्र कोरेका थिए । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोक कथन बमोजिम त्यही समय देखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।
