बी.ओ.पि. भिल्मी द्वारा सरसफाइ कार्यक्रम

0
Quantam abroad studies

प्रतिमा विश्वकर्मा,

मन्सिर ०६,

sahani furniture udyog

कृष्णनगर कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तर्गत पर्ने सशत्र प्रहरी बल नेपाल बॉर्डर आउट पोस्ट भिल्मी ले आज बिहान सरसफाइ कार्यक्रम संपन्न गरेको छ ।

आज बिहान कृष्णनगर नगरपालिका को वार्ड न.६ भिल्मी चौकमा प्रहरी, युवा, समाजसेवी, शिक्षक, विद्यार्थी, पत्रकार लगायतले झाडू लगाएर् फोहोरलाई एक ठाउमा एकत्रित गरि जलाएर नष्ट गरि सो सरसफाइ कार्यक्रमलाइ सफल पारिएको हो । बि. ओ. पि. भिल्मीका सशत्र प्रहरी निरिक्षक त्रिलोचन पोख्रेल ले कार्यक्रममा बोल्दै कोविड – 19 को महामारी बाट बाच्न हामी सबैले आफ्नो घर-आगन, टोल छिमेक्, बाटो सधै सफा राख्नु पर्छ् भन्ने सन्देस दिनुभयो ।

उक्त सरसफाइ कार्यक्रम मा सशत्र प्रहरी बल भिल्मी, नेपाल प्रहरी चौकी भिल्मीका प्रमुख कमल प्रसाद बगाले लगायतको सम्पूर्ण टीम, भिल्मी, समाजसेवी, युवा, शिक्षक, विधार्थी, जनप्रतिनिध, पत्रकार लगायतको उपास्थिति रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.