पश्चिम नवलपरा सीमा एक लाख दश हजार ५ सय मूल्य बराबरको अवैध मालसामान बरामद

0
Quantam abroad studies

उर्मिला यादव

मंसिर ७,

sahani furniture udyog

पश्चिम नवलपरासी प्रहरीले भारतिय सिमावर्ती एरियाबाट एक लाख दश हजार पाँच सय मुल्य बराबर अवैध मालसामान बरामद गरेको छन् ।

आइतबार भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छली ल्याउदै गरेको लेडिज सल, लेडिज सुटको थान कपडा, कांस को दियो, साडी, स्विटर, प्लाजा, लेडिज सुट, लेडिज कुर्ता लगायतका अबैध मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिए को प्रहरी टोली ले सरावल गाउपालिका वडा नं. ७ बुलन्दपुर बाट बरामद गरेको हो । उक्त मालसामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेको प्रहरीले जनाएको छ ।

बरामद भएका मालसामान आइतबार नै आवश्यक कारबाही को लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.