इतिहासमा पहिलो पटक शहीद परिवारबाट माओवादी पार्टीको अध्यक्षः कर्णजीत बुढाथोकी ‘शुशिल’ निर्वाचित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचितः बैठक भोलिसम्म जारी
भिम बहादुर
बिककाठमाडौं ।
माओवादी आन्दोलनमा शहीद परीवार, अपाङ्ग घाईते योद्धा परिवार को भूमिका महत्वपूर्ण रहदै आएको भएपनि पार्टी नेतृत्वको मुल भने कहिल्यै पुग्न नसकेको नेपाली राजनीतिक अवस्थालाई नेकपा (माओवादी केन्द्र) को जारी बैठक तथा विशेष भेलाले चिरेको छ ।
नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठक तथा विशेष भेलाले महान जनयुद्धको प्रकृयामा उच्च सहादत गर्ने महान शहीद को परिवार बाट पार्टीको गरिमामय जिम्मेवारी दिएको हो ।
आजबाट शुरु भएको माओवादी केन्द्रको बैठक तथा विशेष भेलाले माओवादी केन्द्रका महासचिव समेत रहेका शहीद परिवार सदस्य कर्णजीत बुढाथोकी शुशिललाई पार्टी अध्यक्षमा निर्वाचित गरेको छ । माओवादी आन्दोलनमा अहम भूमिका खेल्ने शहिद, योद्धा परिवारहरु माओवादी पार्टीको प्रमुख जिम्मेवारी पाउनेमा उहाँ अहिलेसम्मको पहिलो व्यक्ति भएको धेरैको भनाई रहेको छ ।
माओवादी केन्द्र का कार्यवाहक अध्यक्ष तिलक थापा को अध्यक्षतामा बसेको उक्त बैठक तथा भेलाले एक मतका साथ अध्यक्षमा उहाँलाई निर्वाचित गरेको थियो । कार्यवाहक अध्यक्ष ले पार्टी आन्दोलन को आवश्यकता पुरा गर्नका लागि तिन पुस्तको संयोजन गर्दै अघि बढ्नु पर्ने बताउँदै उनले भने– ‘माओवादी केन्द्र को अध्यक्ष मा लामो समय देखि वर्गिय आन्दोलनमा रहदै आएका पार्टीका महासचिव शुशिल लाई प्रस्ताव गर्दछु, आशा गर्दछुकि उहाँको नेतृत्वमा पार्टी आन्दोलन ले गति लिने छ, वर्गिय आन्दोलन थप उचाईमा पुर्याउन सकिने छ ।’
सामाजिक दलाल व्यवस्थाले राष्ट्रघात, जनघात र अपराध बढाउँदै गरेको वर्तमान अवस्थामा कार्यवाहक अध्यक्ष थापा मगरले पार्टी संगठनमा नयाँ नेतृत्व, नयाँ उर्जा, गतिशिलता र विचार राजनीतिमा विकास गर्दै अघि बढ्नुपर्ने अपरिहार्यता लाई माओवादी केन्द्रले सम्बोधन गर्दै जनताको आन्दोलनलाई अगुवाई गर्ने धारणा राखेका थिए ।
अध्यक्षमा निर्वाचित बुढाथोकी को परिवार बाट माओवादी जनयुद्धमा दुई जना शहीद हुनु भएको छ । उहाँको जीवन संगिनि उपाल लामा २०५९ मंसिर ३ गते हुम्लाको केरमिको जनयुद्धकालिन घटनामा शहादत हुनभएको थियो ।
त्यस्तै उहाँको दाई धर्मजीत बुढाथोकी २०५८ साल जेष्ठ २० गते बाँकेको कुशुममा भएको घटनामा शहादत गर्नु भएको थियो । शहीद परिवारको तर्फबाट उनी नै यसरी माओवादी पार्टीमा पहिलो पटक अध्यक्षको जिम्मेवारीमा पुगेका हुन ।अध्यक्षमा निर्वाचित भएपनि बुढाथोकीले पार्टी केन्द्रीय समिति ९९ सदस्यीय, पोलिटव्यूरो ३३ सदस्यीय, स्थायी समिति १५ सदस्यीय निर्माण गर्नेबारे प्रस्ताव बैठक तथा भेलामा गरे । उन को प्रस्तावमा भेलामा सहभागि नेताहरुले सुझाव सहित पाश गरेको बताइएको छ ।
भेलासँगै माओवादी केन्द्रको वरिष्ट नेतामा तिलक थापामगर रहने तथा यसअघि उपाध्यक्ष को जिम्मेवारीमा रहेका नेता रंगनाथ ढकाल पुन उपाध्यक्षको जिम्मेवारीमा रहने बारे प्रस्ताव मा समेत बैठक तथा भेलाका सहभागिहरुले एकमतले समर्थन गरेका छन ।
त्यसैगरी माओवादी केन्द्रको पूर्ण केन्द्रीय समिति, पोलिटव्यूरो, स्थायी समिति र पदाधिकारी बारे थप छलफल सहित निर्णय गर्ने। बताइएको छ । त्यस्तै विभिन्न जनवर्गिय संगठन को जिम्मेवारी, प्रदेश, जिल्ला र विभागको जिम्मेवारी बारे समेत बैठकले निर्णय गर्ने बताइएको छ ।
अध्यक्ष कर्णजीतले आज प्रस्तुत गरेको वर्तमान परिस्थिति र हाम्रो कार्यभार विषयक कार्यपत्रमा भोलिको बैठकमा व्यापक छलफल हुने बताइएको छ । त्यस्तै पार्टीको विधान संशोधन, मित्र शक्ति बिचको सम्बन्ध, अन्तराष्ट्रिय सम्बन्ध, कम्युनिष्ट आन्दोलन र पार्टीको नेतृत्व लगाएतका विविध विषयमा भोलि गहन छलफल हुने बताइएको छ ।