बाल बिवाह अन्त्य वडा स्तरिय अन्तरक्रिया तथा स्थानिय सरोकारवाला संग छलफल

0
Quantam abroad studies

प्रभु नाथ गुप्ता,

sahani furniture udyog

मङ्सिर, ८

कपिलवस्तु । कपिलवस्तुमा बाल बिवाह अन्त्यका लागि वडा स्तरिय अन्तरक्रिया तथा स्थानिय सरोकारवाला संग छलफल गरिएको छ ।

एकता जागरण किसोरकिशोरी संजाल लबनी २ को आयोजना मा सोमबार जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं. ३ मा “परमपरागत नकारात्मक धारणा विरुद्ध बालिका अधिकार” भन्ने मुलनाराका साथ उक्त स्थानिय निकाय तथा वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तु को सहयोग तथा शुद्धाेधन गाउँपालिका कपिलवस्तु को समन्वयमा उक्त आयोजित कार्यक्रममा बाल बिवाह विरुद्ध प्रतिबद्धता बारे छलफल गरिएको थियो ।

एकता जागरण किशोरी अध्यक्ष प्रिया शर्मा, ललिता हरिजन सदस्य, महेश कुर्मी सदस्य, भोलेनाथ यादव सदस्य, सोनम यादव सदस्य, युवा क्लबका सचिव संजय चमार, युवा क्लबका सदस्य सन्तोष जयसवाल, सोख तुलई यादव, मौलना अब्दुल गफफार, मौलना मोहम्मद अशिक, पण्डित अर्जुन पाण्डे, वडा सदस्य शिवशंकर चौधरी, धर्म गुरु देवीप्रसाद कलवार, स्वास्थ्य संयोजक असफाक अहमद खाँ , लबनी स्वास्थ्य चौकी अब्दुल्लाह मुसलमान, चनरमति महिला स्वयम् सेबिका, सामाजिक प्रचलिका, पत्रकार प्रभुनाथ गुप्ता, राम मिलन चौधरी KSSC-CEF, निशान गुरुङ KSSC-PI/EHP, शान्ता पौडेल KSSC / GRANT, हेमराज थारु KSS / GRANT कार्यक्रममा बाल अधिकारकर्मी, स्थानिय सरोकारवाला, वडा स्तरीय बाल बालिका लगायतको उपस्तिथि रहेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.