कपिलवस्तु काे विजयनगरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाइते एकको अवस्था गम्भीर

0
Quantam abroad studies

धनी राम काेरी

कपिलवस्तु , १२ मंसिर

कपिलवस्तु जिल्ला को विजयनगर गाउँपालिकामा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा २ जना गम्भीर घाइते भएका छन् । विजयनगर आरटीओ सडक मगरघट्टमा दुर्घटना भएको हो ।

विजयनगर गाउँपालिका वडा नं. २ मा बस्ने मोटरसाइकल चालक टेकई पासी र पछाडी सवार मगरघट्टा बस्ने हरिलाल बस्याल घाइते भएको अस्थायी प्रहरी पोष्ट खडैचाका असई धन बहादुर अधिकारीले जानकारी दिनुभयो ।

मोटरसाइकल चालक पासीको टाउको र मुखमा चोट लाग्दा अवस्था गम्भीर रहेको छ भने पछाडी बस्ने बस्यालको दाहिने खुट्टा फ्याक्चर भएको उहाँले बताउनुभयो । घाइतेलाई उपचार का लागि भैरहवा मेडिकल कलेजमा पठाइएको बताइएको छ।

खडैचाबाट सुन्दरीडाँडा तर्फ जाँदै गरेको टिप्पर ना ४ ख १२४ नम्बरले लु. १४ प ८६०१ नम्बरको मोटरसाइकललाई ठोकिँदा सो दुर्घटना भएको हो । गाडी प्रहरीको नियन्त्रण मा रहेको जनाइएको छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.