क्यूबाली क्रान्तिका महानायकको सम्झना

0
Quantam abroad studies

लोकनारायण सुबेदी

मंसिर १२,

बिश्व चर्चित क्यूबाली क्रान्तिका महानायक क्रान्तिकारी राज नेता फिडेल क्यास्ट्रो (Fdel Alejandro Castro Ruz) को जन्म १३ अगस्ट १९२६ मा भएको थियो । चार बर्ष अघि २६ नोभेम्बर २०१६ का दिन उनको देहाबसान भयो । वास्तव मा उनी क्यूबाली क्रान्तिका अग्रज नेता र प्रमुख प्रणेता थिए । उनी १९५९को फेब्रुअरीदेखि १९७६ को डिसेम्बरसम्म क्यूबाको प्रधानमंत्री र त्यसपछि क्यूबाको राष्ट्रपति रहे। उनले २००८ मा स्वेच्छाले पदत्याग गरे । उनी बाचुञ्जेल क्यूबाको कम्युनिस्ट पार्टीको प्रथम नेता रहेका थिए । क्यास्ट्रोलाई बिश्वमा अमरीकी साम्राज्यवाद विरोधी एक सशक्त नेताको रुपमा बिश्वभरी नै चिनिन्थ्यो र चिनिन्छ ।

फिडेल  क्यास्ट्रोको  जन्म क्यूबाको फिडेल अलेजांद्रो क्यास्ट्रो  परिवारमा भएको थियो । जुन परिबार निकै समृद्ध  मानिन्थ्यो ।  क्यास्ट्रोले  क्यू  बाकै  हवाना विश्वविद्यालयबाट कानूनमा डिग्री हासिल गरेका थिए । आफु  स्वयम  सम्पन्न  परिवारको  भए पनि देशका बहुमत जनता गरीबीको खाडलमा रहेको तथा धनी र गरीब बीच ठूलो अन्तर देखेर उनी अत्यन्तै चिन्तित र दुःखी थिए। यसै कारणले उनी माक्र्सवादी लेनिनवादी सिद्धान्त प्रति आकर्षित  भए  र आमूल  परिवर्तको क्रान्तिकारी बाटो समाते । १९५३ मा  उनले क्यूबाका तत्कालीन  राष्ट्रपति  फुलगेन्सिया बाटिस्टाकोे सत्ताका बिरुद्ध  हतियार  उठाए । जन  क्रान्ति आरम्भ गर्ने उदेश्यले  २७ जुलाई का  दिन  उनले आफ्ना १०० कमरेडहरु का साथ  सेण्टियागो  डी क्यूवामा सैनिक ब्यारेकमाथि  हमला  गरे । तर  त्यसमा सफल हुन सकेनन्। त्यस हमला पछि उनी र उनका भाइ राउल बच्न  त  बचे तर उनीहरुलाई जेलमा थुनियो र दुइ बर्ष  पछि  उनीहरुलाई  जेलबाट रिहा गरियो । तर क्यास्ट्रोले  बाटिस्टा  शासनको  बिरुद्धको   आफ्नो अभियान छोडेनन्, जारी राखे । यो अभियान उनले म्याक्सिकोमा निर्वासित जीवन बिताउदै अघि बढाए । उनले  एउटा  छापामार संगठन बनाए जसलाई ‘२६ आन्दोलन’ नाम दिइएको थियो ।  

फिडेल क्यास्ट्रोका क्रान्तिकारी आदर्शहरुलाई क्यूवा र अन्यत्र पनि ठूलो समर्थन रहेको थियो र अद्यापि रहेको छ । उनको संगठनले बाटिस्टा शासन सत्तलाई पल्टाइदियो । त्यो शासन सत्ता वास्तवमा ब्यापक भ्रष्टाचार, असमानता र जनताका अनेकौ किसिम का समस्याहरु को केन्द्र बिन्दू मानिन्थ्यो । क्यूबाका नयाँ क्रान्तिकारी साशनलाई सहयोग प्रदान गर्नमा अर्जेण्टिनाका क्रान्तिकारी नेता चे गुग्वारा पनि थिए । उनले आम जनतालाई जमिन प्रदान गर्ने र गरीबी को अन्त्य गर्ने अधिकारको रक्षागर्ने प्रतिबद्धता जाहेर गरेको थियो । क्यूबामा फिडेल क्याष्ट्रोले आफ्नै क्यूबाली चरित्रको क्रान्तिमा जोड दिदै प्रतिनिधि मूलक लोकतन्त्र र सामाजिक न्याय त्यस का वास्तविक तत्व हुन् भन्ने कुरा प्रष्ट पारे । उनले माक्र्सवादी लेनिनवादी सिद्धान्तको सारतत्वलाई क्यूबाली समाज सुहाउँदो किसिम ले प्रयुक्त गरे । यी सबै कारणले गर्दा क्याष्ट्रो लाई तत्कालनी अमेरिकी राष्ट्रपति ड्वाइट आइजनआवरले लगाम कस्ने निक्कै कोशिश गरे तर अन्ततः केही नलागेपछि आफुले क्याष्ट्रो लाई पूर्व सोभियत संघ तथा त्यसका तत्कालीन नेता खु्रश्चेभको हातमा धके लिइदिएको दाबी पनि गरे । हुन पनि त्यस बेला क्यूवा शीत युद्धको अखडा जस्तै नै बनेको थियो । त्यस क्रममा अमेरिकाले १९६१ फिडेल क्याष्ट्रोको शासनसत्ता पल्टाउने प्रयत्न पनि गयो । त्यसका लागि उसले निर्वासनमा बसेका क्यूबालीहरु को एउटा सेना नै गठन गरेर आक्रमण गराएको थियो । क्रान्तिकारी क्यूबाली सेना र जनताले त्यस आक्रमणको दृढतापूर्वक सामना गरे । त्यस घटना मा धेरै मानिसहरु मारिए भने झण्डै एक हजार जति पक्राउ पनि परे ।

त्यस घटनाको एक बर्ष जतिपछि अमेरिकाको एउटा जासुसी बिमानले के पत्तो लगायो भने सोभियसंघले केही मिसाइल्सहरु ( प्रक्षेपास्त्रहरु ) क्यूबातर्प पठाउदै छ । त्यसको प्रतिरोध मा अमेरिका पनि उत्रियो । यस्तो स्थिति खडा भयो कि अब तेश्रो बिश्वयुद्ध शुरु हुदैछ र त्यो भयानक ठूलो परमाणु युद्ध हुनेछ । अमेरिका र सोभियत संघ बिश्वका दुबै महाशक्तिहरु एक अर्का को सामुमा पुग्न थालेका थिए । तर सोभियत नेतृत्वले क्यूबा बाट आफ्ना मिसाइल्सहरु फर्काएर समस्याको निकास खोज्यो । त्यसको साटोमा अमेरिकाले पनि तुर्कीबाट गुप्तरुपले आफ्ना आणबिक हात हतियार हटायो । यसरी परमाणु सहीतको तेश्रो बिश्व युद्ध त्यतिबेला टयो ।

यो परिप्रेक्षमा क्यूवाको क्रान्तिकारी नेतृत्व अमेरिकाको नेतत्व सँग सन्तुष्ट थिएन । त्यसैले अमेरिकालाई क्याष्ट्रोले बिश्वकै एक नम्बरको दुश्मन मान्दथे । किनभने एकजना क्यूबाली मन्त्रीका अनुसार अमेरिका को गुप्तचर संस्था सीआईएले कम्तिमा एक सय पटक क्याष्ट्रो लाई मार्ने षडयन्त्र रच्यो र कोशिश गयो भनिन्छ । त्यस क्रममा उनलाई मार्ने एउटा तरीका के पनि सोचे को कुरा प्रकाशमा आएको थियो भने फिडेल क्याष्ट्रो सिगार पिउने गर्दछन् । उनी सिगारको शौखिन भएकाले त्यही सिगार मा बिस्फोटक भरेर उनलाई पिउन दिने र मार्ने ! त्यस बाहेकका अन्य षडयन्त्रकारी र अपमानजनक गतिबिधिद्वारा क्याष्ट्रोलाई मार्ने उपायहरु पनि नगरिएको होइन । तर ती सबै तुहिएर गए र कुनै पनि सफल भएनन् ।

चीनी उत्पादन गर्ने क्यूबा को सबै जसो चीनी तत्कालीन सोभियत संघले किनिदिन्थ्यो । अनि आफुले खाद्यान्न लगायत का सबैजसो सामाग्रीहरु ठूल्ठूला जहाजमा राखेर क्यूबा पठाइ दिन्थ्यो र अमेरिकाले क्यूबा माथि लगाएको ब्यापारिक नाका बन्दीको असरलाई परास्त गर्न या कम गर्न यसले निकै ठूलो मद्दत पुर्याएको थियोे । वास्तवमा त्यतिबेला अमेरिका र उसका मित्र देशहरुले नाका बन्दी र ब्यापार प्रतिबन्ध लगाएका कारण क्यूवा धेरै मात्रमा सोभियत संघसँगको ब्यापारमा निर्भर हुन पुृगेको वा बाध्य भएको थियो ।

क्यूबा ब्यापार को मामिला मा सोभियत संघमा यसरी ठूलो निर्भरता रहेको भए पनि असंलग्न आन्दोलनको एउटा सशक्त देश थियो । संयुक्त राष्ट्र संघमा होस या असंलग्न आन्दोलनका बिश्व मञ्चहरुमा क्यूबाका नेता क्याष्ट्रोको प्रभावकारी र सशक्त भाषण सुन्न मानिसहरु लालायित हुन्थे । उनले तेश्रो बिश्वका समस्यहरु का पछाडि अमेरिकी साम्राज्य वादी षडयन्त्र र हस्तक्षेप रहेको कुरा उदाङ्गो पार्ने गर्दथे । पछि सोभियत संघको बिघटन हुँदा क्यूबाको अर्थब्यवस्था नराम्रो सँग बिचलित हुने स्थितिमा पुग्यो । गोर्भाच्योबको सोभियत भूमिकाको क्यूबाले बिरोध गरेपछि एकातिर सोभिय संघसँगको ब्यापार बन्द भयो भने अमेरिकी नाकाबन्दी पहिला देखि नै छँदै थियो । त्यसले गर्दा क्यूबा ठूलो संकटको भुवरीमा फँस्यो । तथापि क्याष्ट्रोको धैर्यशाली र क्रान्तिकारी नेतृत्वका कारण क्यूबाले कुनै हिम्मत हार्ने काम गरेन । यद्यपि अमेरिकाले क्यूबाको त्यो नाजुक स्थिति बाट फाइदा उठाउन र सत्ता पल्टाउ न क्यूबा बाट क्यूबालीहरुलाई अमेरिका को फ्लोरिडातर्प पलायन गराउने काम पनि गर्यो । त्यसले गर्दा क्यूबामा समस्या झन थपियो नै । यो पनि क्याष्ट्रो बिरुद्धको अन्तिम प्रहार थियो । क्याष्ट्रोको छोरी एलिनालाई समेत हतियार बनाएर अमेरिकाको मियामी मा शरण दिइयो । तर क्यूबाले यी सबै समस्या को समाधानमा अनेक उपायहरु को खोजी गरियो । शतप्रतिशत जशो (९८ प्रतिशत) साक्षरता र सबैलाई निशुल्क स्वास्थ्य सुबिधा त क्यूबा का बिशेषता नै बनेका थिए । अहिले पनि बिकसित देशको तुलनामा समेत क्यूबामा शिशु मृत्य दर कम रहेको छ । क्यूबा ले अनुभवहरुबाट शिक्षा लिदै अनेकौ कठिनाईहरु हुँदाहुदै पनि एउटै देश सँग ब्यापारमा निर्भरताको अन्त्य गर्यो र आर्थिक प्रगतिमा पनि सन्तुलन को नीति अपनाउँदै जनताको जीवन स्तर उकास्न र जन जीवनमा सुख सुबिधा पुर्याउन ब्यापक जन जागरण र बिकासमा जन सहभागिता तथा सकृयता बढाएर समस्या समाधान गर्ने सही बाटो अबलम्बन गर्यो । फिडेल क्याष्ट्रो बाचुञ्जेलसम्म उनको नेतृत्वमा क्यूबा बाह्य हस्तक्षेपको मुकाबिला गर्न तत्पर मात्र रहेन त्यसमा अन्य दक्षिण अमेरिकी मुलुकहरुलाई पनि साथ लिएर चल्न सक्षम रहेको हो र अहिले पनि रहेको छ । भेनेजुएलाका ह्यूगो चाभेज क्याष्ट्रोका घनिष्ठ मित्र यसै कारणले रहेका हुन् । बास्तवमा अनेक समस्याहरुको ब्यवहारिक समाधान खोज्दै र बाह्य हस्तक्षेप का अनेक हतकण्डाको दृढतापूर्बक सामना गर्दै क्यूबाले फिडेल क्याष्ट्रोको नेतृत्व मा जुन समाजवादी दिशामा मुुलकलाई अघि बढाउने भरमग्दुर कोशिश गरिरहेको थियो र छ त्यो बिश्वकै लागि सराहनीय र अनुकरणीय छ । यो वास्वत मा क्याष्ट्रो जस्ता ब्यवहारिक, दृढ संकल्पित र निष्ठाबान नेताकै कारण सम्भव भएको धेरैले औंल्याउने गर्दछन् । अब क्याष्ट्रोको निधन पछि क्यूबा कसरी अघि बढला भन्ने चिन्ता र चासो बिश्वभरी नै छ । क्यूवाली जनताले क्यूवाको क्रान्ति र यसका उपलब्धीहरुलाई जोगाउने छन् र फिडेल क्याष्ट्रोको परम्परालाई कामय राख्ने छन् भन्ने धेरैले बिश्वास लिएका छन् । क्रान्तिकारी प्रभावशाली कम्युनिष्ट नेता क्याष्ट्रो अमर छन् !

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.