त्रिवेणी गाउपालिका मा याेजना सम्झौता को बारेमा वडा वडा अभिमुखिकरण

0
Quantam abroad studies

मंसिर १२,

राेल्पा,
राेल्पाकाेे त्रिवेणी गाउँपालिका बाट वडास्तर मा बिनियाेजित भएका याेजनाहरु काे सम्झौता तथा अनुगमन कार्यक्रम सन्चालन भईरहेकाे छ ।

त्रिवेणी गाउँपालिका काे प्रत्येक वडामा गएर उपभोक्ता समिति पदाधिकारीहरुलाई अभिमुखिकरण तथा याेजना सम्झौता कार्यक्रम गरिएको छ ।

आम नागरिकहरुलाई याेजना सम्झाैता गर्न गाउँपालिकामा आउँन नपर्ने काम गर्न सजिलो हाेस भनी प्रत्येक वडामा गएर गाउँपालिकाले वडाबाटै उपभोक्ता समितिहरुलाई सेवा दिने लक्ष्य राखेको ले गर्दा भाेलि वडा नं. १ करेटि मा प्रमुख प्रसाशकीय अधिकृत, लेखा अधिकृत र याेजना शााखा का प्रमुख लगाएतकाे टाेली गएर सम्झौता गर्ने बताएका छन ।

याे भन्दा पहिले वडा नं. ४ वडा नं. २ मा याेजना सम्झौताका कार्यक्रम हरु सम्पन्न भईसकेकाे र बाँकी रहेका वडा हरुमा पनि याेजना सम्झौता चाँडै गर्ने प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीले जानकारी दिनु भयाे । सेवाग्राहीलाई काम गर्न छिटो र छरितो हाेस भन्ने उद्देश्यले गाउँपालिकाबाटै वडामा गएर हामी याेजना सम्झौता गर्न लागेकाे केसीले बताउनु भएको छ ।

याेजना सम्झौता गर्न आउँदा उपभोक्ता समितिका पदाधिकारी हरुले आमभेला बसेर उपभोक्ता समिति गठन गरी याेजना सम्झौता तथा खाता सन्चालन गर्ने जस्ता निर्णयहरुकाे फाेटाे कापी, उपभोक्ता समिति पदाधिकारीहरु काे नागरिकता काे प्रमाणित प्रतिलिपि, वडाकाे सिफारिस, सम्बन्धित उपभोक्ता समितिले याेजना सम्झौता काे लागि निवेदन दिनुपर्ने साथै याेजना उपभोक्ता समितिहरुकाे खाता सन्चालन वडा बाटै हुने हुदा उपभोक्ता समितिका सदस्यहरुले संकलन नागरिकता तथा २/२ प्रतिफाेटाे अनिवार्य ल्याउन हुन सुँचित गरिन्छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.