विजयनगर नाकामा कस कसको संरक्षणमा हुदैछ तस्करी ??

0
Quantam abroad studies

शहबाज खान , मंसिर १५ , कपिलवस्तु

यस जिल्लाको विजयनगर गाउपालिकाका खुल्ला सीमा नाका मा कस कसको संरक्षणमा तस्करी हुदैछ? आखिर किन रुक्दैन यो कालो धन्धा ? के छन् खास कारण यस्ता गतिबिधीहरु नरुक्ने….?

नेपाल सरकारले एक बर्षमा अन्दाजी अर्बौ रुपाया खर्च गर्छ यो तस्करी र कालोबाजारी रोक्नाको लागि तर पनि रुकेको छैन । आखिर किन…?

यी गतबिधीहरुलाई रोक्नाको लागि चाहिनु पर्ने लगभग सबै निकायका कार्यलय छन् र ती कार्यलयहरुमा कर्मचारीहरुको उपस्थिति र नेपाल सरकारबाट पाउने सबै किसिमका सेवा सुविधारु पनि लिई रहेका छन तर पनि रोकिएको छैन यो तस्करी । जस्को त्यस्तै तस्करहरुको चल खेल चलि रहेको छ।रांगा, बाख्रा, सुर्ती जन्य पदार्थ, काठ, पार्ट्स, औषधी, जस्ता किमती सामानहरु भारत बाट विजयनगर गाऊपालिका को डालपुर, ठकुरापुर, नेवलागंंज जवाबैैैैराठ, गगौली, लगायत का गाउहरु प्रयोग गरि नेपाल को बाजारहरु मा पुंगी रहेको छ । अहिलेको अवस्थामा बाख्रा तस्करी सब भन्दा बढ़ी चलेको जनकार श्रोतले जनाएको छ । गएको शनिवारको रातिमा ठूलो संख्यामा बाख्रा भारतबाट नेपाल तस्करी गरि ल्याइएको खबर पाइएको थियो । ती बाख्राहरु विजयनगर गाउपालिकाको वडा नं.१ र २ भित्र पर्ने खुल्ला सीमा बाट ल्याइएको बताइए को थियो ।

तस्करीको बिषयमा इलाका प्रहरी कार्यलय गणेशपुरका प्रहरी निरीक्षक रणबहादूर बिष्टसंग बुझ्दा उनले भने – ‘हामीलार्ई उक्त तस्करीको बारेमा खबर छैन रातभरि हामी पनि ड्यूटिमै थियौं ।कहीं कतै कोई भेटिएन तस्करी सम्बन्धमा खबर पाउने बितीकै हामी जान्छौं । केही दिन पहिला बाख्रा, रांगा, कपड़ा पनि समातेका थियौं । सब भन्दा ठूलों कुरा के छ भने तस्करहरुको गतबिधी यस्तो छ कि आफिस बाट गाड़ी निस्कने बितीकै ती तस्करहरुलाई खबर हन्छ र स्थानीय कतिपय जनताहरु पनि तस्करलार्य साथ दिदै आएका छन् ।यो हाम्रो एरिया पनि ठूलो हुनाको कारणले जनशक्तिको कमी समेत रहेको छ’ ।

यस्ता गतिविधिहरु नियन्त्रण गर्नाको लागि सशस्त्र प्रहरी,नेपाल प्रहरी र यी दुई संगठनका मोटरसाईकल टोली, गाड़ी टोली घुमुवा सीमा क्षेत्र मा राष्ट्रीय अनुसन्धान, राजस्व चुहावट नियन्त्रण टोलीहरु भइरहदा पनि तस्करी कालोबाजारी रुकेको छैन । कृष्णनगर क्षेत्रमा गाई, गोरु, रागा भैसीको ठूलो र पुरानो हाट बाजार प्रत्येक साताको सोमवारका दिन बहादूरगंज मा लाग्छ र बाख्राको हाट बाजार बुधवार को दिन चन्द्रौटा मा लाग्छ । भारतबाट पशु चौपाया चोरी पैठारी हुँदा कपिलवस्तुका ग्रामीण स्तरमा पशुपालन गर्दै आएका किसानहरुले उत्पादन गरेको पशुको राम्रो मुल्य पाउन नसकेको अवस्था समेत रहेको छ । बाख्रा ओसार पसार गर्नाको लागि सार्वजनिक बसहरुको पनि प्रयोग गरि रहेका छन कृष्णनगर देखि चन्द्रौटाको लागि छूटने बसको डिक्कीहरुमा राखि चन्द्रौटा सम्मा पुराउदै आएका छन् ।

नेपालमा सस्तो पर्ने वस्तुहरुलाई भारतमा अवैध तरिका ले पुराउन को लागि सीमा नजिकका गाऊहरुमा खाद्यान्न बिक्री बितरणको लाइसेंस लिई गोदाम बनाएका छन् । सीमा नजिक रहेका गोदामहरु बाट सजिलै तरिकाले भारत पुराउन अहिले सम्मा तरस्करहरुले सफलता पाइरहेका छन्

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.