शुद्धोधन गाउँपालिका वडा नं.१ मा बर्थिङ्ग सेन्टर संचालन

0
Quantam abroad studies

रामु यादव, मंसिर १४, कपिलवस्तु

शुद्धोधन गाउंपालिका वडा नं. १ अन्तर्गत रहेको पतरिया स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर संचालन मा आएको छ ।


आइतबार एक कार्यक्रमका विच गाउंपालिका का अध्यक्ष निसार अहमद खां, उपाध्यक्ष सुधादेवी पाण्डेय र वडा अध्यक्ष तिलकराम यादवले सयुक्त रुपमा उद्घाटन गरका हुन् ।

ग्रामिण क्षेत्रका गर्भवती महिलाहरुले स्थानीय स्तरमा नै बच्चा जन्माउनको लागी गाउंपालिकाले प्रत्यक वडामा बर्थिङ्ग सेन्टर संचालनमा ल्याउने गाउंपालिका का अध्यक्ष निसार अहमद खांले बताए ।

हाल सम्मा २ वटा संचालनमा आएको र बाकीं ४ वटा स्वास्थ्य संस्थामा क्रमिक रुपमा संचालनमा ल्याउने योजना रहेको उनले बताए । साथै अध्यक्ष खां ले स्वास्थ्य सेवा लाई प्रभावकारी बनाउन को लागि गाउंपालिकाले प्रत्यक वडामा एम्वुलेन्स सेवा पनि संचालन गर्ने बताए ।

हाल सम्म २ वटा वडा मा एम्बुलेन्स संचालन मा आएको र बाकीं ४ वडा मा सांसद विकास कोषको रकम अल्या गरि खरिद प्रकृया अगाडी बढाएकोले केही महिनामै ६ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरु वाट एम्वुलेन्स संचालन मा आउने बताए ।
सो अवसरमा उपाध्यक्ष सुधादेवीी पाण्डेय, जसपा पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादव , युवा नेता कमलेशशरण चौधरी, स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगत, फेयर मेडका शशि कर््ण, कालिका स्वालवलम्वन का रामेन्द्र सिंह रावल, स्वास्थ्यय संयोजक अस्फाक अहमद खां, २ नं वडा अध्यक्ष मनोज कुमार यादव, पुण केशर मा.वि.का प्रअ लिला खनाल लगायतले वर्थिङ्ग सेन्टर निरन्तर संचालन र गुणस्तरिय सेवाको लागि शुभकामना दिएका थिए ।

वर्थिङ्ग सेन्टर संचालनको लागि स्वास्थ्य कार्यालय कपिलवस्तु, फेयर मेड, कालिका स्वावालमवन सामाजिक केन्द्र, युनिसेफ नेपाल, पिस नेपाल लगायतका संस्थाले सहयोग गरेका थिए । वडा नं. १ का अध्यक्ष तिलकराम यादव को अध्यक्षता राम बहादुर चौधरीको स्वागत र स्वास्थ्य चौकी प्रमुख नथई चौधरी को संचालनमा कार्यक्रम संम्पन्न भएको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.