राज्जा रानी (मैथिली भर्सन) फिल्मको चिपक चिपक गीतमा गायिका अंजु यादवले हात पारिन् अवार्ड

0
Quantam abroad studies

मंसिर १६
सप्तरी -राजविराज

कला क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल चर्चित गायिका अन्जु यादवद्वारा स्वरवद्ध चिपक चिपक बोलको गीत उत्कृष्ट घोषित भएको छ ।

विगत डेढ दशक देखि गायन क्षेत्रमा सक्रिय रहँदैआएकी उनले हालै मात्र रमपम पूर्वेली म्युजिक अवार्ड २०२० बाट सम्मानित भएकी हुन् । राज्जा रानी ( मैथिली भर्सन ) फिल्मको चिपक चिपक गीतमा गायिका यादवले अवार्ड पाएकी छिन् ।

पाँच वर्षकै उमेर देखि गायनमा सक्रिय रहँदैआएकी गायिका अन्जु लोकतान्त्रिक आन्दोलन, मधेश आन्दोलनका सहितका संघर्षहरुमा गीतको माध्यमले महत्वपूर्ण भूमिका निभाएकी छिन् । यस अतिरिक्त उनी बालविवाह, दाइजो, जातीय विभेद सहितका सामाजिक विकृतिहरु विरुद्धको अभियानमा समेत सक्रिय छिन् । हालसम्म उनले मैथिली, भोजपुरी, नेपाली, थारु, हिन्दी,राजवंशीसहितका भाषामा करिब ६ सय गीत गाईसकेकी छिन् ।

sahani furniture udyog

इटहरीमा गत कार्तिक २९ गते आयोजित एक समारोहका बिच अन्जु विभिन्न २२ विधामा उत्कृष्ट हुनेहरुलाई अवार्ड प्रदान गरिएको छ । उत्कृष्ट कम्पोजिसनमा रोशन वान्तवा सुच्चा राईको भोजपुर डबली, बेस्ट एरेन्जमेन्टमा रूद्र श्रेष्ठको बर पिपलको छाँया, बेस्ट पूर्वेली कमेडी गीतमा श्रीकृष्ण लुईटेलको सुनको सिक्री , बेस्ट मारूनी गीत बबिना किरातीको माथि हिमाली भेगमा,उत्कृष्ट राई गीतमा उर्मिला राइको ढुड्कु–ढुड्कु ढोल बजाउँदै पर्न सफल भएको छ । यस्तै उत्कृष्ट लिम्बू गीत हेमु स्मृतिको चोङ्माङको हिमधाङ तक्तेओ, उत्कृष्ट तामाङ गीत मा मंगल सिङ तामाङको च्याओला, उत्कृष्ट थारु गीतमा गीता चौधरी को हामे मोरङिया थरूनी , उत्कृष्ट राजवंशी गीत पवलदीप विश्वासको झोल मका झोल घोषित भएको छ ।

बेस्ट सिनेमेटोग्राफी शिरकुमार साङपाङको सुम्निमा, उत्कृष्ट भिडियोमा कुशल थुलुङको सेवारो सोल्टिनीज्यू उत्कृष्ट भिडियो सम्पादनमा हेमन तामाङ पर्न सफल भएको छ । कार्यक्रममा उत्कृष्ट नयाँ गायक–गायिकातर्फ श्रेया राईको एक्ले बर, वर्षको उत्कृष्ट गीततर्फ केशव राईको जुनेली माया, उत्कृष्ट भोकल कोल्याब्रेसन कृष्णभक्त राई र सुनिता थेगिमको धानैमा नाच्नु, उत्कृष्ट शब्द गौरभ दर्पणको पूर्वै रमाइलो, उत्कृष्ट प्रस्तुति (पुरुष) मा भिषण मुकारूङ राईको खोर्सानी डल्ले, उत्कृष्ट प्रस्तुति (महिला) मा सृष्टि हिङमाङको पूर्वै रमाइलो, उत्कृष्ट पूर्वेली लोक दोहोरी , जुहारी गीतमा अन्जु गौतम तथा माधव दाहालको एकसरे मायाले अवार्ड प्राप्त गर्न सफल भएको छ ।

सोही कार्यक्रममा पूर्वेली लोकगीत सङ्गीत प्रति समर्पित कार्यक्रममा गायक तथा संगीतकार जितेन राईलाई २५ हजार नगद राशीसहितको लाइफ टाइम अचिभमेन्ट अवार्ड र पत्रकार गोपाल दाहाललाई पाँच हजारसहित रङ्ग पत्रकारिता पुरस्कार बाट सम्मानित गरिएको छ । पूर्वेली मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुरेसचन्द्र दाहाल को अध्यक्षतामा आयोजित उक्त अवार्ड तथा पुरस्कारहरु कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैत ले प्रदान गरेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.