

प्रभुनाथ गुप्ता, १५ मङ्सिर, कपिलवस्तु ।
शुद्धोधन गाउँपालीकामा १० सैयाकाे अस्पताल बन्ने भएको छ। शुद्धोधन गाउँपालीका वडा नम्बर ३ लबनीमा सोमबार एक कार्यक्रम का बीच १० शैया को अस्पताल भवन शिलान्यास भएको छ ।
उक्त गाउँपालिकाका अध्यक्ष निसर अहमद खाँ र गाउँपालिका उपाध्यक्ष सुधा देवी पाण्डे द्वारा अस्पताल शिलान्यास गरिएको स्वास्थ्य शाखा प्रमुख असफाक अहमद खाँले बताए ।
उक्त कार्यक्रम बीच गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, स्वास्थ्य ईन्चार्ज, वडा, अध्यक्ष लगायत सबै जनसमुदायको उपस्थितिमा उद्घाटन गरिएको थियो ।
स्थानीय सरकारले अस्पताल निर्माण गर्न थालेपछि स्थानीयमा खुसियाली छाएकाे गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख असफाक अहमद खाँले बताए ।
