खप्तड छान्नाकाे डाडा खलंगामा १० सैयाकाे अस्पतालकाे शिलान्यास

0
Quantam abroad studies

उत्तम कुमार थापा

१५ मंसिर,

sahani furniture udyog

बझाङ खप्तड छान्ना गाउँपालीका मा १० सैयाकाे अस्पताल बन्ने भएको छ । गाउँपालीकाकाे वडा नम्बर ४ डाडा खलंगामा आज एक कार्यक्रमका विच उद्घघाटन भएको हाे। गाउँपालिका अध्यक्ष बर्क बहादुर राेकाया ले धुप बाल्दै व्यानर द्वारा शिलान्यास गरिएको गाैरीशङ्कर प्रा.वी. का शिक्षक सिद्धराज राेकायाले बताए ।

आज एक कार्यक्रमका विच उद्वघाटन कार्यक्रममा गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत दिपक रावल, स्वास्थ्य ईन्चार्ज वडा अध्यक्ष लगाएत सबै जनसमुदायको उल्लेख उपस्थिति रहेकाे थियाे । गाउँपालीका स्थानीय सरकारले डाडाँकाे खलंगा मा अस्पताल निर्माण गर्न थालेपछि स्थानीयमा खुसियाली छाएकाे छ ।

दस सैयाकाे अस्पतालका लागि जग्गा दान गर्ने गाेर्या राेकाया राम राेकाया, राधिका राेकाया, थाेले राेकाया मिठ्ठु राेकाया, सुरेन्द्र राेकाया, हर्क राेकाया, बिर्क राेकाया, हरि राेकाया दल राेकाया, कुम्भ राेकाया, बिष्णु राेकाया, नरेश राेकाया,भाेजराज राेकाया, सिद्धराज राेकाया अम्मराज राेकायाले नि:शुल्क जग्गा दिनु भएको हाे । सबै जग्गा दिने दातालाई गाउँपालीका ले धन्यवाद दिनुभएको शिक्षक सिद्धराज राेकायाले बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.