२० मंसिर, जनकपुर ।
मुस्लिम युवा कमिटी कुर्था-कतार नयाँ सामाजिक संस्था को मिति 4 Dec 2020 मा बसेको विशेष बैठकले कतारमा छरिएर रहेका जनकपुरधाम – २१ कुर्थाका मुस्लिम युवा बिच रहदै आएको एकतालाई अब गाउँ समाजको विकास र निकास को निम्ति एकबद्द तरिकाले अगाडी बढ्ने निर्णय गरी असहाय लाई सहयोग गर्ने र विगत केही समयदेखि निस्कृय जस्तै रहदै आएको यो संस्थालाई अब नयाँ जोस जाँगर र बिल्कुलै नयाँ ढङ्गले अगाडी बढाउने प्रतिबद्धताका साथ केही रिक्त पदहरु पनि पुरा गरी एक पूर्ण कमिटी गठन गर्नुभयो ।
नदाफका अनुसार उपस्थित मेम्बरहरु बाट निम्न उल्लिखित पदमा सर्ब सम्मत चयन गरेको छ । अध्यक्ष मो. कलामुदिन नदाफ, उपाध्यक्ष मौलाना सिकन्दर अलि, सचिव मैजुन अन्सारी, कोषाध्यक्ष ज्याबुल साफी, सदस्यहरू नजाम साफी, मौलाना सिराजुल मोमिन, नुर मोहम्मद, अन्सारुल मोमिन,अलि बक्सा साफी, अलाउदिन नदाफ हुनुभयो ।
जनकपुर धामबाट कतारमा काम वा कुनै व्यवसाय गरेर बस्ने सम्पूर्ण मुस्लिम युवाहरूलाई मुस्लिम युवा कमिटी कुर्था-कतार मा मेम्बर हुन संस्थाले आग्रह गरेको छ । समाज र गाउँमा भएका समस्या प्रति सहयोग र सद्बाब बढाउने उद्देश्यले यो-संस्था गठन भएको उल्लेख गरिएको छ ।