
शत्रुघन खरविन्द , मंसिर २४
कपिलवस्तुमा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा आज अन्तरकृया तथा कार्यपत्र प्रस्तुत भएको छ।
“लैंङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति ,समाज र सबैको एकबद्धता”भन्ने मुल नाराका साथ आज जिल्लाको तौलिहवामा अन्तरकृया तथा कार्यपत्र प्रस्तुत भएको हो ।
लैंङ्गिक हिंसाको बारेमा अधिवक्ता कृष्णा पौडेल ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम उपस्थित सबै जनाले म हिंसा गर्दैन म हिंसा सहन्न,महिला प्रति हुने कुनै पनि सचेत र अचेत रुपमा हुने कुनै पनि प्रकारको पक्षपात लाई सधै चुनौती गर्छु, महिला र पुरुषको योगदान लाई समान मुल्यांकन गर्नेछु ।लिंगको आधारमा हुने सबै किसिमको हिंसाको सधै विरोध गर्ने छु , लगायतको ७ बुदाँमा रहेर हस्ताक्षर गरी प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा सहभगीहरुले हिंसा घट्ना न्यायिक निकायमा लिएर जादाँ न्याय नपाएको गुनासा गरेका थिए ।
प्रहरी उपरीक्षक नवराज अधिकारले प्रहरी कार्यलयबाट उपलब्ध सेवा सुविधाको बारेमा जानकारी गराउदै आफ्नो तहबाट अन्यायमा कसैलाई पर्न नदिने, सधै सेवा प्रतिवद्ध रहने र प्रहरीले न्याय दिलउन आनाकानी गरे कारवाही गरिने र नागरिकले उजुरी गर्न सकिने समेत जानकारी जनाउनु भएको थियो । साथै प्रहरीलाई लाईअनुसंधान गर्न होस वा घटनाको बारेमा जानकारी दिन का लागि होस सधै तयार रहनुको को साथै घरघरमा पनि पुगेर सेवा दिनका लागि तयार रहेको हुनाले घटनाको बारेमा समयमै नजिकको प्रहरीलाई जानकारी दिनका लागि अनुरोध समेत गर्नु भएको थियो ।
न्यायक समितिमा अएको हिंसाको स्वाच्छ र निस्पक्षचरी भएर काम गर्ने गरेको, हिंसा पिडिता लाई न्याय दिलाउन प्रतिद्ध रहेको कपिलवस्तु नगरपालिका उप मेयर लक्ष्मी गुप्ता बताउनुभएको थियो । कार्यक्रम कालिका स्वालम्बन सामाजिक केन्द्रकी अन्जु शर्मा को अध्यक्षता र जिल्ला समन्वय समिति कपिलवस्तु का सभापती नरायण खनालको प्रमुख अतिथ्यता मा भएको कार्यक्रममा प्रहरी उपरिक्षक नवराज अधिकारी को विशिष्ठ अतिथ्यता, तथा कपिलवस्तु नगरपालिका उप मेयर लक्ष्मी गुप्ता , वडा अध्यक्ष प्रकाश गैरे, सामाजिक विकास अधिकृत पद राज श्रेष्ठ, गैसस महा सँघ कपिलवस्तुका अध्यक्ष प्रविन कुमार श्रीवास्तव, वडा प्रहरी कार्यलय कार्यालय तौलिहवाका प्रमुख, हरि बस्नेत, सामुदायिक प्रहरी सेवाकेन्द्रका देवेन्द्र केसी, माधुरी श्रेष्ठ,बसन्ती सिंहको अतिथ्यता रहेको थियो । भने स्वागत मन्तव्य तथा कार्यक्रमको उदेश्य को जुनु शाहीले प्रष्ट पर्नु भएको थियो । कार्यक्रम कालिका स्वालम्बन सामाजिक केन्द्र , एम्पलिफाई चेन्ज, जिल्ला महिला पैरवी मंच र सामुदायिक रेडियो कपिलवस्तु को संयुक्त आयोजना मा भएको हो । उक्त कार्यक्रममा जनप्रतिनिधी,अधिकारकार्मी , संचारकार्मी, मानाव अधिकारकार्मी, किशोरी समुहका अध्यक्ष, उपाध्यक्ष लगाएत ३६ जनाको उपस्थिति रहेको थियो ।
