कपिलवस्तु प्रहरीद्धारा ३ सय किलो बरामद अबैध माछा सबैको रोहबरमा नष्ट ।

0
Quantam abroad studies

शत्रुघन खरविन्द , मंसिर २५, कपिलवस्तु

कपिलवस्तु प्रहरी द्धारा ३ सय किलो बरामद अबैध माछा सबै को रोहबरमा आज नष्ट गरेको छ । बरामद अबैध माछा प्रहरी , जिल्ला प्रशासन कार्यालय कपिलवस्तका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि र पत्रकार लगाएताको रोहबरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु को हत्तभित्र खल्डोमा पुरेर नष्ट गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं. ५ जयनगराको भारत बाट नेपाल तर्फ ६ वटा साईकलमा अबैध रुपमा भन्सार छलि ल्याइदै गरेको माङगुर र वैखी जातको छ वटा क्यारेटमा तीन सय किलो माछा प्रहरीले बरामद गरिएको थियो ।

अवैध माछा को अनुमन्ति मुल्य एक लाख पच्चिस हजार र छ वटा साईकल अनुमन्ति मुल्य सताईस हजार गरी जम्म रु एक लाख बाउन्न हजार रहेको छ ।जाडो बढेपछि भारत हुँदै नेपाल मा माछा भित्रउनेक्रम पनि बढेको छ । भन्सार छलि ल्याइएका माछा अबैध मानिदै आइएको छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.