संसद विघटन गरेको विरोधमा उतरिए, प्रचण्ड र माधव पक्षका नेकपा अनेरास्ववियू धनुषा

0
Quantam abroad studies

धनुषा :- गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य स्थिरता को प्रतिकूल हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको विरोधमा प्रचण्ड र माधव समुहका धनुषा जिल्ला अनेरास्ववियू नेकपाले विरोध गरेका छन। साथसाथै प्रदेश-२ का आठवटै जिल्लाका अनेरास्ववियू र नेकपाले आज विरोध भेला भएका छन।

आजको यस विरोध भेलामा धनुषा जिल्ला बाट अनेरास्ववियू संयोजक मनिष यादवको नेतृत्वमा तथा शिव चन्द्र झाको पहल एवं किरण कापरको अगुवाइमा सर्लाही जिल्लाको बागमती नगरपालिकाको पिपलबोट स्थित प्रदेश-२ जिल्ला विरोध भेला कार्यक्रममा १०० भन्दा बढी कमरेडहरुको सहभागी धनुषा जिल्लाबाट रहेका थिए भने प्रदेश-२ जिल्लाका विभिन्न जिल्ला बाट आएका कमरेड लगायत हजारौंको संख्या रहेकोे थियो ।

sahani furniture udyog
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.