शारीरिक अशक्त वृद्ध परिवारकाे साहारा बन्दै उपाध्यक्ष धामी

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

बझाङको केदारस्युँ गाउँपालिकाका उपाध्यक्ष निशा धामीले आफनै सहयोगमा शारीरिक रुपमा अशक्त भएका वृद्ध परिवार लाई राहत वितरण गरेकी छिन ।

शुक्रवार केदारस्युँ गाउँपालिका-१का ८५ वर्षिया गम्भीरे नेपाली को निवासमै पुगी खाद्यान्न स्वस्प चामल, दाल, तेल,नुन, साबुन, सिरक र न्यानो कपडा वितरण गरेकी हुन् । गम्भीरे नेपालीको सम्पत्तिको नाममा बस्नलाई आफ्नो घरसमेत छैन । परिवारमा छोरा भुमि बाहेक बुहारी र दुई नाति शारीरिक रुपमा अशक्त छन् । बिहान बेलुका माग्नुको विकल्प छैन ।

sahani furniture udyog

थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्याय लगायत ले अपांग परिवारबारे स्थलगत अनुगमन गरेर राहत वितरण गरेका थिए । केहि समय अगाडी गम्भीरे नेपालीको अबस्थाका विषयमा संचार माध्यममा समाचार आएपछि बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले समेत चासो राखेका थिए ।

विदेशका युवाले समेत सहयोग संकलन गरिरहेका छन् । केदारस्यु गाउँपालिकाका उपाध्यक्ष निशा धामीले भनिन् “बस्ने बाँससमेत नभएका भुमीहिन परिवारको अवस्था नाजुक देखिए पछि जाडोमा न्यानो कपडा स्वस्प राहत वितरण गरेको हुँ ।”

उपाध्यक्ष धामीले भूमीहिनको लागि बासको वन्दोवस्त गर्न घर समेत बनाउने कार्यमा आफू जुटेको बताइन । साथै पालिकाको तर्फको गर्न सकिने आवश्यक सहयोगको लागि पनि पहल गर्ने उपाध्यक्ष धामीले बताइन् ।,

Leave A Reply

Your email address will not be published.