२९९ औं पृथ्वी जयंती तथा राष्ट्रीय एकता दिवस कृष्णनगरमा पनि मनाइयो।

0
Quantam abroad studies

कृष्णनगर, कपिलवस्तु पुस २७

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ।

sahani furniture udyog

आयोजक राष्ट्रीय प्रजातंत्र पार्टी रहेको छ । कार्यक्रम राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरियाको अध्यक्षता तथा राष्ट्रीय प्रजातंत्र पार्टी जिल्ला अध्यक्ष नारायण बहादुर सिंह रहनु भयो।

जस्मा वक्ता हरुले राष्ट्रीय एकताको अवसरमा सार्वजनिक बिदा हुनु पर्ने कुरामा जोड दिएका छन्। साथै पृथ्वी नरायण शाहको नेपाल एकिकरणमा रहेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नु पर्ने कुरामा जोड दिए।

उक्त कार्यक्रममा राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य श्याम कुमार मिश्र, कनिज फातिमा, इदरीस मुसलमान, देवेंद्र श्रीवास्तव, श्री कान्ति पासी, राजेन्द्र अधिकारी रहनु भयो साथै भारत बढ्नी का भाजपा का नेता सुनिल अग्रहरी, रवि प्रकाश कसौधन लगायत राष्ट्रीय प्रजातंत्र पार्टी समर्थन नेता तथा कार्यकर्ता समाजसेवी, पत्रकार, सुरक्षाकर्मी लगायत अन्य सर्वसाधारणको उपस्थित थियो।

कार्यक्रममा उद्घोषकको भुमिका भने राष्ट्रीय प्रजातंत्र पार्टी जिल्ला उपाध्यक्ष प्रेम शंकर शुक्ल ले गर्नुभयो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.