सशस्त्र प्रहरी बल कृष्णानगर ले अवैध माछा बरामद

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं १ डुमाई बाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी कृष्णानगर ले अन्दाजी २५०किलाे अबैध माछा बरामद गरेर नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल (बि.ओ.पी) कृष्णानगर बाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुणराज तिमिल्सिना को कमाण्डमा ५ जनाको गाड़ी मोबाईल टोली ले भारत बाट अवैध तरिकाले नेपाल भित्राउने अवस्थामा २५०किलो माछा बरामद गरेको छ।

करिब१५:४५ बजे को समयमा सशस्त्र प्रहरी ले अन्दाजी मूल्य ८००००/-(अस्सी हजार रुपया)बराबर को माछा बरामद गरेको हो। गस्ती टोली लाई देखि माछा छोडेर भागे को अवस्थामा माछा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल (बिओपी) कृष्णनगरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आर्चाय ले जानकारी दिनु भयो।

sahani furniture udyog

जनप्रतिनिधि , पशु क्वारेन्टाइनका प्रतिनिधि , स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी उक्त माछा लाई नष्ट गरेका छन ।

खुल्ला सिमाना को कारण ले तस्करहरु मौका छोपी यस्ता अबैध गतिबिधीहरु भइ रहे को सूचना हामी पाएको हाम्रो टोली ले दिन-रात सिमा मा खटि तलगातार अवैध कारोबारहरु रोक्ना मा सफलता पनि पाएका छन।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.