धनुषा , माघ २४
नेपाल कम्युनिष्ट पार्टी धनुषाको आज सम्मपन्न प्रतिनिधि भेला ले ११ सदस्यीय जिल्ला सम्मेलन तदर्श समिति गठन गरेको छ ।
समितिको संयोजकमा सत्यनारायाण मुखिया र सहसंयोजकमा परमेश्वर मण्डलक र सदस्यहरुमा सूर्यनारायण दास, राजेश ठाकुर मदन मण्डल, लक्ष्मण साह,कैलाश साह, रामचन्द्र सहनी , राम एकवाल यादब , राम कैलाश ठानुर र श्यामप्रसाद साह रहेका छन् । पार्टीको जिल्ला सम्मेलन सम्पन्न गर्न भेलाले तदर्थ समितिमा थप गरेर ५१ सदस्य राख्ने र त्यसको १७ सदस्यीय सचिवालय गठन गर्ने समेत निर्णय लिएको छ ।
यस समितिले जिल्ला सम्मेलनका लागि आवश्यक तयारी गरी मिति तोक्ने र जिल्ला सम्मेलन सम्पन्न गर्ने तय भएको संयोजक सत्यनारायाण मुखियाले जानकारी दिए । पार्टीको जिल्ला प्रतिनिधि भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका सह–अध्यक्ष लोकनारायण सुबेदीले आज देशमा जनतन्त्र , जनजीबिका र राष्ट्रियता गम्भीर खतरामा परेको र संकीर्ण कुर्सीको खेलले गर्दा आम नेपाली जनताको आशा र अपेक्षा माथि सत्ताधारी दलहरु ले तुषारापात गरिरहेको औल्याउदै बर्तमान सामन्ती दलाल नोकरशाही पूँजीवादी ब्यवस्था बाट देश र जनताको हित हुन नसक्ने प्रष्ट भएको बताए ।
उनले देशका मूख्य उत्पादक शक्ति किसान, मजदुर र राष्ट्रीय पूँजीपति बर्गको हित हुने अर्थ–राजनीतिक आमूल परिबर्तन बिना अब देश र जनतको समृद्धि हुन नसक्ने कुरा स्पष्ट पार्दै शोषक शासक बर्गले जाति र क्षेत्र को आधार संकीर्ण राजनीतिक रोटी सेक्न मधेश्ी र पहाडी जनताका बीचमा भ्रम सिर्जन गर्ने र परस्पर लडाउने कुरा सतर्क रहँदै जनता एकजुट भएर संघर्षमा उत्रनु पर्ने कुरा प्रष्ट पारेर ।
बन्न लागेको चार कम्युष्निट पार्टीको रणनीतिक मोर्चाले यी नै जनताका र राष्ट्रका मूलभूत मुद्दामा केन्द्रित रहेर संयुक्त जन संघर्ष गर्ने नीति अख्तियार गरेको कुरा चाडै सार्बजनिक हुन लागेको पनि जानकारी दिए । कार्यक्रममा बोल्दै पार्टीका सचिवालय सदस्य कमरेड राम दुलार महतो ले जनता सचेत, संघर्षशील र संगठित भएर सही नीतिकासाथ अघि बढेमा मात्र देशले काचुली फेर्न सक्छ भन्न्े कामरेड पुष्पलालको नीतिलाई आत्मसात गरेर अघि बढनु आजको आवश्यकता हो भन्ने कुरा दर्शाएका थिए ।
केन्द्रिय सदस्य कमरेड बिपत्ती मण्डलले शोषणमा आधारित ब्यवस्था कायम रहेसम्म जनताको भबिष्य उज्जल हुदैन । यसका लागि नयाँ जनबादी क्रान्ति सम्पन्न गर्दै बैज्ञानिक समाज बादमा पदार्पण गर्नु आजको युगको माग हो । नेपाल कम्यनुष्टि पार्टी त्यसै दिशामा अग्रसर रहेको कुरा ब्यक्त गरे । भेलमा उपस्थित सबैलाई स्वागत अभिबादन गदै सत्यनारायण मुखिया ले कम्युनिष्ट चिन्तन , चरित्र र ब्यवहार नभएकाहरुले आज जनतालाई ठगिरहेका छन् ।
त्यसबाट जनता मुक्त भएर कामरेड पुष्पलालको नीति वरिपरी गोलबन्द हुन सकेमा मात्र सही दिशामा कम्युष्टि आन्दोलनलाई अघि बढाउन सकिने कुरा ब्यक्त गरेका थिए ।