
शहबाज खान / कपिलवस्तु
कपिलवस्तुको सदरमुकाम तौलिहवा,कृष्णानगर नगरपालिका , शिवराज नगरपालिका , विजयनगर गाउँपालिकामा , मायादेवी गाउँपालिका लगायत का अन्य पालिकामा जसपा द्वारा प्रधानमन्त्री को बिरोध गर्दै पुतला दहन गरिएको छ।
प्रधानमन्त्री के.पी. ओली द्वारा गरिएको निर्वाचित प्रतिनिधि सभा विघटन जस्ता असंवैधानिक , अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदमको विरोधमा जसपा पार्टी द्वारा विरोधी तथा आन्दोलनका निम्न थप कार्यक्रमहरू तय गरिएको निर्देशन अनुसार आइतबारका दिन कपिलवस्तु को कृष्णानगर, शिवराज र विजयनगर गाउपालिका लगायतका पालिकामा जनता समाजवादी पार्टी द्वारा राष्ट्रपति बिद्या देवी भण्डारी र प्रधानमन्त्री के.पी. ओली को पुतलादहन गरीएको छ। सो कार्यक्रमम कृष्णनगर को मुटु गोलघर, शिवराज नगरपालिका को चन्द्रौटा मुख्य चौक र विजयनगर गाउँपालिकामा को झुलनिया चौकमा प्रदर्शन भएको छ । जसपाका नेता र कार्य कर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको बिरोध स्वरूप जिल्लाका विभिन्न पालिका का मुख्य मुख्य चौकहरु मा कार्यक्रताहरु ले भेला भएका थिए ।
यस्तै कृष्णनगर नगरपालिका मा जसपाका नेता गोपाल प्यारे चन्देली र शम्भु पाण्डेय को नेतृत्वमा कार्यक्रम भएको थियो।
जसपाका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान ले प्रधानमंत्री केपी ओलीले संसद विघटन गरेर संविधान विपरित काम गरेको आरोप लगाएका छन। संविधानको रक्षाका लागी जसपा को प्रत्येक कार्यकर्ता तत्पर रहेको समेत बताउनुभयो।साथै जसपा को बिरोध कार्यक्रममा सहभागी हुन समेत आग्रह गरेका थिए।
विजयनगर गाउँपालिका मा जसपाका नेता रामनिवास पुरी, बालाजी चौधरी , सन्तान तेली र सलमा खातुनको नेतृत्वामा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ।
जनताको सर्वोच्च प्रतिनिधि संस्था प्रतिनिधि सभा को विघटन गर्ने असंवैधानिक , अलोकतांत्रिक, प्रतिगमनकारी र संविधान विपरित संवैधानिक नियुक्तिको विरोधमा जनता समाजवादी पार्टी जोडदार विरोध गर्दै हामी आज प्रधानमंत्रीको पुतला दहन गरेको कुरा जसपा का जिल्ला उपाध्यक्ष रामनिवास पुरी ले बताएका छन।
शिवराज नगरपालिकाको विरोध तथा जुलुस प्रदर्शन कार्यक्रम जसपा नेता कृष्ण कुमार चौधरी, रामनेवास मौर्या को नेतृत्वमा कार्यक्रता भेला गरि विरोध प्रदर्शन गरेका थिए।
