सर्वोच्चले दिएको फैसलाको स्वागत गर्दै कृष्णानगर मा खुश्याली

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगर कमिटी र राष्ट्रीय मदरसा संघ नेपाल को संयुक्त आयोजना मा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसला को स्वागत गर्दै कार्यकर्ताहरु ले एक अर्कालाई मिठाई खुवाउदै खुश्याली मनाएका छन। कृष्णनगर नपा वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपाल को पुस्तकालयमा र नेकपा कृष्णनगर नगरकमिटी अध्यक्ष जाबेद आलमको अध्यक्षतामा सम्पन्न भयेका थिए।

कार्यक्रमका प्रमुख अतिथी अब्दुल सबुर विशिष्ट अतिथि लुम्बीनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली , राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी अतिथिमा राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की , गणेश प्रसाद बन्जाडे, अल्हाज फ़ज़ल महमूद खां (बब्लु खां) , संघका सदस्य शैख अब्दुल रहमान मदनी,अकिल अहमद,तुफेल अहमद खां रहेका थिए।

कार्यक्रम लाई सम्बोधन गर्दै उपाध्यक्ष नेपाली ले उपस्थित सम्पूर्ण कमरेड हरुको स्वागत गर्दै ओली सरकार ले चलेको कदम गलत रहे को सर्वोच्च न्यायालय ले साबित गरिसके को बताउदै जनताको जीतको यस घडीमा खुशी व्यक्त नगरिकन रहन नसक्ने बताए । गणतंत्रलाई बचाउन न्यायालयले दिएको न्याय को उक्त दिनलाई न्याय दिवसको रुपमा मनाउन समेत अपिल गरे।

सर्वोच्च न्यायालयले दिएको निर्णय अल्पसंख्यक , बहुसंख्यक र सम्पूर्णको लागि हितकारी रहेको र नेपाल मा संविधान र न्यायलय माथि जनताले राखेको भरोसा कायमनै रहन सफल भएको समेत जिक्र गरे।केही अराजकतत्व हरुको देशलाई विगर्ना खोजेको तर सर्वोच्च न्यायालयले नेपाल र नेपाली जनताको पक्षमा गरेको फैसलाको स्वागत गर्दै खुशी मनाउन कुनै कसर बाकी नराख्ने संघका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी ले बताउनु भयो।

sahani furniture udyog

बोल्ने क्रममा गणेश प्रसाद बन्जाडेले र नगर अध्यक्ष जावेद आलमले भने कि सर्वोच्च ले संविधानको पक्षमा दिएको निर्णयको भव्यरुपमा स्वागत गरि यस खुशीको समयमा सबै लाई मिलेर खुशयाली मानाउनको लागि नगरवासिहरु संग आग्रह समेत गरेका थिए। उक्त कार्यक्रममा प्रमुख अतिथी अब्दुल सबुर लाई राष्ट्रीय मदरसा संघ नेपाल ले दोसल्ला आढाई सम्मानित समेत गरेका छन।

कार्यक्रममा मौलाना अब्दुल नुर , मौलाना जाहीर अहमद बरेलवी,नियाज़ अहमद , युवा नेता जुम्मन खां , वसिम खां , पत्रकार सगीर खाकशार लगायतहरुको उपस्थिती थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.