जनसमुदाय र प्रहरी बिच एक दिने सम्वाद कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

राज कुमार चमार, १३ फागुन, कपिलवस्तु
जिल्लाको शुद्धोधन गाउँपालिकामा समुदाय र प्रहरी बिच एक दिने कार्यक्रम सहज परियोजनाको आयोजनामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रम समुदाय र प्रहरी बिचको अन्तर सम्वाद गरी पहिला भन्दा अहिलेको समयमा सेवा ग्राही ले कस्तो सेवा पाइरहेका छन् र प्रहरी ले कस्तो सेवा प्रदान गर्दै छन् भन्ने विषयमा छलफल भएको थियो ।

सुरक्षा तथा न्याय सम्बन्धी समस्या समाधानका लागी समुदाय र प्रहरी बिच समन्वय आवस्यक रहेको भएता पनि विभिन्न समस्याका कारण समन्वय हुन नसक्दा आगामी दिनमा के कसरी समन्वय गरि समाजमा शान्ति सुरक्षा सुदृढ गर्ने बारेम समेत छलफल भएको थियो । समाजमा रहदै आएको लागु पदार्थको समस्या , बालविवाह , दाईजो प्रथा , घरेलु हिँसा, छोरा छोरी बीच विभेद, खुला सिमाना ले तस्करी , ट्राफिक नियम पालना र साईबर क्राईम को बारेमा छलफल गरि सबैलाइ यसको रोकथाममा स्थानीय जनसमुदाय भुमिका बारे सबैलाइ अवगत गराइएको थियो ।

sahani furniture udyog

उक्त कार्यक्रममा वडा नं २ का अध्यक्ष मनोज यादव, वडा नं ३ का महिला सदस्य रिता पासी, वडा नं ४ का वडा सदस्य शिवपुजन भुज, वडा नं ५ का सदस्य प्रसुराम यादव, शिबलवा प्रहरी चौकी इन्चार्ज रमेश गुरुङ, लबनी प्रहरी चौकी इन्चार्ज बामदेव पौडेल , प्रहरी जवान तिजु यादव, जनकल्याण युवा क्लब का अध्यक्ष पृथ्वी राज चौधरी, सक्क्षम दलित सामाजिक विकास केन्द्र का अध्यक्ष धर्मेन्द्र कुमार पासी, मुबारक मुस्लिम सामाजिक विकास केन्द्र का अध्यक्ष अनवर अली मु., सहज परियोजना लगायत समुदायिक व्यक्तिहरूको उपस्थिति रहेको थियो । यसैगरी कार्यक्रममा समुदाय र प्रहरी बिच हस्ताक्षर गरी आगामी दिनमा समाजमा शान्ति सुरक्षा कायम राख्न दुबै पक्ष मिलेर काम गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.