
प्रभुनाथ गुप्ता , कपिलवस्तु , १४ फागुन ,
कपिलबस्तु को शुद्धोधन गाउपालिका लबनी ले शुक्रवार देखि तीन दिने निशुल्क आँखा जाँच उपचार तथा मोतियाबिन्द् लागेका बिरामीलाई अपरेसन व्यवस्थापन शिविर शुरु गरेको छ ।
शुद्धोधन गाउपालिका लबनी कोे सहयोग तथा सुदृष्टी प्रतिष्ठान नेपाल काठमाडौं को समन्वयमा आयोजित शिविरमा बिपन्न, गरिब, असहाय जनताहरुको लागि गाउपालिका को गाउँ कार्यपालिकाको कार्यालयको सहयोगमा २८४ जना को निशुल्क आँखा जाँच उपचार तथा मोतियाबिन्द् लागेका ८४ जान बिरामीलाई अपरेसन को व्यवस्थापन समेत गर्न लागिएको शुद्धोधन गाउपालिका का अध्यक्ष निसर अहाम्द खाँ ले बताउनु भएको छ ।

शुद्धोधन गाउपालिका बसीहरू आँखा चेकजाच गराउने बिरामीहरु को संख्या उल्लेख्य रहेको हुँदा आगामी दिनमा पुन शिबिरको आयोजना गरिने गाउँपालिका अध्यक्ष खाँ ले प्रतिबद्धता जनाउनु भएको छ ।



