गडघट्ट लघु जलविद्युतकाे नेता सिँहद्वारा उद्घघाटन

0
Quantam abroad studies

उत्तम कुमार थापा
बझाङ जिल्लाकाे विकट गाउँपालीकामा गडघट्ट लघु जलविद्युत अायाेजनाकाे उद्घाटन भएको छ । जिल्ला काे साईपाल गाउँपालीका वडा नम्बर १/२ मा रहेको गडघट्ट जलविद्युत अायाजनाकाे उद्घाटन भएको हाे । बिहिवार एक कार्यक्रमका विच उद्घाटन गाउँपालीका अध्यक्ष राजेन्द्र धामीले बताए।

बिहिवार भएको कार्यक्रममा गडघट्ट जलविद्युत अायाेजनाका अध्यक्ष कम्मान बाेहराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस बझाङका पुर्व जिल्ला सभापति पृथ्वी बहादुर सिह विशिष्ट अतिथि नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति भक्तराज जाेशी साईपाल गाउँपालीका अध्यक्ष राजेन्द्र धामी उपाध्यक्ष कल्पना बाेहरा नेपाली काङ्ग्रेस जिल्ला सचिव भरत खड्का नेता झलक कडायत तरुणदल नेता कलक थापा नेविसंघ नेता खगेन्द्र खड्काले पत्रकार महासघँका अध्यक्ष जगदीश राेकाया लगाएत सबै जनसमुदायहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

लामो समय देखि अध्यारोमा बस्न बाध्य भएका जनसमुदायलाई स्थानीय सरकार साईपाल गाउँपालीकाकाे अार्थिक सहयाेगमा लघु जलविद्युत बनेपछि निकै खुसि छाएको स्थानीयले बताएका छन । गाउँपालीकाकाे वडा नम्बर एक र दुईमा लामो समयपछि विद्धुत पाउँदा जनसमुदायमा निकै खुसि छाएको थियाे । खुसि सँगै जनसमुदायले काम गरेको रुपैयाँ पाउनु पर्ने दावि गर्दा विधुत समितिले भने पैशा भुक्तानी नभएको हुदा ढिलाइ भएको र चाडै गरेको कामकाे पैशा पाउने बताए पछिल्लो स्थानीयमा अझै हाैसला छाएको पाईन्छ ।

सामाग्री भन्दा ढुवानिमा बढि खर्च हुने गरेको गाउँपालीका निकै कठिन यात्रा गर्नु पर्छ । स्थानीय सरकार बनेपछि खानेपानी पुलपुलेसा , विधुत , विद्यालय भवन सबै बने तर केन्द्रीय सरकारले सडकलाई पहिलाे प्रथामिक्ता दिनु पर्ने स्थानीय बासिकाे भनाइ छ ।

sahani furniture udyog

विधुत उद्घाटन गर्न पुगेका प्रमुख अतिथि सिहँले भने ,निकै टाढा रहेको बस्ति छ । बिकास अबस्य भएको बताउदै ,सबैलाई विकासमा एक जुट हुन अनुराेध साथि विकास सँगै बिनास हुने गरेकाे हुदा हातेमालो गरेर अगाडि बढ्न र विधुत देखि सञ्चार अहिले स्थानीय सरकारले राम्रो काम गरेकाेमा बधाई दिदै साईपाल बासिकाे हरेक काममा अाफ्नाे ऐक्यबद्धता रहेकाे दावि गरेका हुन ।

निकै अध्यारोमय जिन्दगी विताईरहेका जनसमुदायहरुले उज्यालो बिजुली पाएपछि स्थानीयमा खुसि छाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.