सडक चौडा बनाउने कार्य सुरु

0
Quantam abroad studies

प्रचण्ड खत्री / रुकुम पशिम
रुकुम पशिमको बाफिकोट गाउपालिका वडा नम्बर ४ को बिराले देखि स्यार्पू दह सम्म सडक चौडा बनाउन सुरु गरिएको छ | २०७८ को असारमा सिध्याउने गरि काम सुरु गरिएको हो | टेन्डर आह्वान गरि स्वीकृत भै काम अगाडी बढाईएको बाफिकोट गाउपालिकाका ईन्जिनियर रमेश शाहले बताए | कामको जिम्मा भने डाफे बिल्डर्स प्रालि जाजरकोटले जिम्मा लिएको छ |

सडक चौडा , मर्मत र ग्राबिल बनाउने गरि जिम्मा लिएको बताएको छ | १२ सय मिटर सडक ग्राबिल बनाउने गरि सम्झौता भएको डाफे विल्डर्स प्रालि जाजरकोटका प्रतिनिधि हिराचन्द्र मल्लले जानकारी दिए | दैनिक रुपमा २ वटा स्काभेटर { डोजर } प्रयोग गरि काम भैरहेको बिल्डर्स प्रालि प्रतिनिधि मल्लले बताए | कर्णाली प्रदेश सरकार र बाफिकोट गाउपालिकाको समपुरक बजेट १ करोड ३५ लाख बाट काम सुरु गरिएको हो |

सडक ६.५ मिटर चौडा निर्माण गरिने छ | बिराले देखि स्यार्पू दह सम्म ८ किलोमिटर मात्र काम हुनेगरी सम्झौता भएको हो | सडक चौडा भएपनि साना तथा मालबाहाक गाडी चलाउन सहज हुने बिश्वास गरिएको छ।बर्षा याममा सडक माथिबाट आएर पुरिने सम्भाबना कम हुने बाफिकोट ४ छिनखेतका स्थानीय मित्रलाल खड्काले बताए |

सडक सानो हुदा सडक पुरिने डर बाट अन्त्य भएको स्थानीय खड्काले बताए | सडक चौडा भएपछी स्थानीय व्यापारिक , गाडी साहु , सर्बसाधारण र विद्यार्थीमा खुसियाली छाएको छ |

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.