यशोधारा गाँउपालिकाका विद्यालयहरुमा प्रहरी साझेदारी कार्यक्रमको नयाँ पाठ्यक्रम शुरु ।

0
Quantam abroad studies

पुजा गुप्ता , कपिलबस्तु , फागुन २२

यशोधरा गाँउपालिकाका विद्यालयहरुमा विद्यालय प्रहरी साझेदारी कार्यक्रमको नयाँ पाठ्यक्रम शुरु भएको छ । विद्यालय स्तरमा हुने हिंसा, दुव्र्यवहार र अपराधका गतिविधि रोकथाममा कपिलवस्तु प्रहरीले विद्यालय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत नयाँ पाठ्यक्रम तयार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विद्यालय प्रहरी साझेदारीको उद्धेश्यका साथ विद्यालयका विद्यार्थी लक्षित पाठ्यक्रम तयार पारेको हो । जिल्ला भरीनै लागुहुने गरी पहिलो पटक शुरु गरिएको उक्त कार्यक्रम अन्तरगत तयार पारिएको पाठ्यक्रम यशोधारा गाँउपालिकामा रहेका ४४वटा विद्यालयका प्रद्यानाध्यापकहरु लाई वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारी र सम्वन्धित विद्यालयका प्रद्यानाध्यापक बिच पाठ्यक्रम लागु गर्नेबारे समझदारी पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

sahani furniture udyog

तयार पारिएको पाठ्यक्रममा लागु औषध दुव्र्यसनी, धुम्रपान, मद्यपान र मादक पदार्थ सेवन, साईबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बाल विवाह, दाईजो प्रथा, बाल बालिका बिरुद्ध हुने अपराधहरु र लैगिंक हिंसाको प्रतिबादका बिषय समेटिएको छ ।

पछिल्लो समय विद्यालयका किशोर किशोरी नै विभिन्न हिंसा र कुलतमा परेकाले समाजमा अपराध न्युनिकरण गर्ने उद्देश्यका साथमा विद्यालयका लागी उपयोगी पाठ्यक्रम निर्माण गरिएको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी चक्रपाडी पाण्डेले कार्यक्रम नयाँ भएकाले विद्यालयमा राम्रो प्रभाव पर्ने बताउदै विद्यार्थीलाई नैतिक शिक्षा दिन जरुरी भएकोे र बालबालिकाहरु धेरै कुलतमा लागेकाले उहाहरुको संरक्षणमा अभिभावक , शिक्षक र सरोकारवाला चनाखो हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा यशोधरा गाँउपालिका का अध्यक्ष गृजेश पाण्डेय , उपाध्यक्ष कन्यावती उपाध्याय ,सामुदायिक सेवा केन्द्रका अध्यक्ष देवी प्रसाद बर्मा, विभिन्न वडाका वडाध्यक्षहरु लगायतले प्रहरीले तयार पारेको पाठ्यक्रम सामाग्रीले विद्यार्थीलाई प्रबिधीको प्रयोग संगै अन्य कारणबाट हुने अपराध, लागु पदार्थको दुव्र्यसनी र अन्य सामाजिक अपराधबारे समयमै सचेत गराउन सकिने बातावरण बन्ने बताएका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.