३ वटा जंगली बदेल सहित भारतिय मोटर साईकल शसस्त्र प्रहरीको नियन्त्रणमा

0
Quantam abroad studies

अजय बर्मा , कपिलबस्तु , फागुन २२
पछिल्लो समय कपिलबस्तुको सिमा क्षेत्रमा भारतिय जंगलबाट बदेल मार्ने र नेपाल भित्राउने क्रम बढेको छ । जिल्लाको मर्यादपुर नाका हुदै तस्करहरुले जंगली जनावर बंदेल नेपाल भित्राउने गरेका छन् ।

शुक्रवार बिहान करिब ५ बजे शसस्त्र प्रहरी बोर्डर आउटपोष्ट मर्यादपुरबाट शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहको कमाण्डमा खटिएको ६ जनाको मोबाईल गस्ती टोलीले यशोधरा गाँउपालिका– ६ पुन्निहवा भन्ने स्थानमा भारत बाट लुकाई छिपाई ल्याईएका ३ वटा जंगली बदेल र यू.पी. ५५ ए ५५४८ नम्बरको भारतिय हिरो होण्डा मोटर साईकल सहित नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ३ वटा जंगली बदेल मृत अवस्थामा रहेका छन् भने ती बदेलहरुको वजन १ सय ८० किलोग्राम रहेको छ ।

गस्तीमा रहेको शसस्त्र प्रहरीको टोलीलाई देखेपछि बंदेल तस्करहरु भागेपछि प्रहरीले मोटरसाईकलमै रहेका ३ वटा बदेल नियन्त्रणमा लिएको हो । शसस्त्र प्रहरीटोलीले नियन्त्रणमा लिएका बदेलको मुचुल्का तयार गरी डिभिजन बन कार्यालय कपिलबस्तुमा बुझाएको शसस्त्र प्रहरी निरिक्षक शंकर सिंहले जानकारी गराएका छन् ।

नियन्त्रणमा लिएका बदेल भारतिय जंगलबाट लिएर तस्करहरुले नेपाल भित्राउने गरेको स्थानियको भनाई छ । शसस्त्र प्रहरीले नाकामा कडाई गरे पनि तस्करी नियन्त्रणमा आउन सकेको छैन ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.