सप्तरीमा ओर्लीयो हजारौ जन्ता जनमत पार्टीको बोदेबर्साइन आमसभामा

0
Quantam abroad studies

उमेश कुमार साह , सप्तरी
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले अहिलेकोे अवस्थामा लोकप्रिय नेताहरुले जनता सामु आउँनुपर्ने बताएका छन् । उनले भने– अहिलेको अवस्थमा प्रजातन्त्र खतरामा रहेको भन्दै उनलाई बचाउनको लागि सबैले एक जुट भएर आगाडि बढनुपर्नेमा जोड दिए ।

सप्तरीको बोदे बसाईन नगरपालिकामा शनिबार जनमत पार्टी बोदे बसाईन नगर समितिले आयोजना गरेको आम सभालाई सम्बोधन गदै उनले सो कुरा बताएका हुन् । उनले भने–मधेशको विकासका लागि नेकपा, जसपा लगायत पार्टी ले मधेशको हित विपरीत काम गरेका आरोप समते लगाएका छन् । स्थानिय चन्द्रा नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा जनत पार्टीका केन्द्रीय सदस्य एव. वरिष्ठ नेता अबदुल खान , केन्द्रीय प्रशिक्षण विभाग प्रमुख संजय यादव , गैर आवसिय मधेसी संघ अमेरिका प्रतिनिधि इन्द्रजित यादव, केन्द्रीय सदस्य सुरेन्द्र मधेसी लगायतका नेताले आम सभालाई सम्बोधन गरको थिए ।

कार्यक्रमको अध्यक्षता जनमत पार्टी बोदे बसाईन नगर संयोजक ई. आलोक सागरले गरेका थिए । विभिन्न पार्टी परित्या गरी ५ सय जना जनमत पार्टीमा प्रवेश गरका छन् । नव प्रवेशिकाहरुलाई राष्ट्रिय अध्यक्ष डाक्टर राउतले टिका र माला लगाएर स्वागत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.