हिरोज अफ पब्लिक अवार्ड २०७७ बाट ३८ जना ब्यक्तित्व सम्मानित

0
Quantam abroad studies

उर्मिला यादव यात्री , फागुन २३
रुपन्देही युवा समुहको आयोजनामा हिरोज अफ पब्लिक अवार्ड २०७७ शनिबार एक कार्यक्रमका बिच भैरहवामा सम्पन्न भएको छ ।रुपन्देही युवा समुहका जिल्ला अध्यक्ष बिशाल गुप्ताको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाणको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाण ले रुपन्देही यूवा समूह ले रुपन्देही क्षेत्रमा विभिन्न माध्यमबाट समाजका लागि योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्नु प्रशसंनीय कार्य भएको बताउनु भएको छ । उहाले कांग्रेसको संसदीय दलको बैठकले कोभिड–१९ विरुद्धको खोप आम नागरिकको लागि सरकारले व्यवस्था गर्नुपर्ने माग गर्ने निर्णय गरेको समेत बताउनु भयो । उहाले सीमा नाका सञ्चालन हुनुपर्ने उद्योगी–व्यवसायीको मागलाई मध्यनजर गर्दै बेलहिया नाका व्यवस्थित र सुरक्षित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो । देशको न्यायपालिका ले सरकार द्वारा विघटित प्रतिनिधिसभालाई फेरी व्युताइदिएको बताउदै न्यायपालिकाको निर्णय सबै नेपालीलाइ स्वागत योग्य भएको उहाले बताउनु भयो । कार्यक्रममा बिभिन्न बिधामा ३८ जनालाई हिरोज अफ पब्लिक अवार्ड २०७७ प्रदान गरीएको छ ।

समाजसेवी तर्फ कोरोना महामारीको बिचमा पनि कुनै कुराको परवाह नगरी अत्यन्त बिपद समयमा पनि दिनरात खटी समाजिक सेवामा लाग्नु भएका ब्यक्तित्वको रुपमा हरी क्षेत्री, मर्चवारी गाउपालिकाका सुनिल कलवार , गया प्रसाद बरइ, कन्हैया बनिया, मंगल भण्डारी, नारायण अग्रवाल, भुपाल सिंह छन्तेल, लुम्बिनी सास्कृतिक नगरपालिका बाट अर्जुन कुर्मी , सन्त कुमार शर्मा, र होटल ग्यालेक्सीका प्रबन्धक दिनेश पौडेल हिरोज अफ पब्लिक अवार्ड २०७७ बाट सम्मानित हुुनु भएको छ । यस्तैगरी उद्योग तर्फ अशोक कुमार गुप्ता , शिक्षा क्षेत्रतर्फ निर्मल पौडेल , भैरहवा नमुना माबिका प्रध्यानाध्यापक चुन्नु पाण्डे, स्वास्थ्य क्षेत्रबाट प्रिया पौडेल, बैंकिंग क्षेत्रबाट रामराज , चलचित्र क्षेत्र बाट पश्चिमान्चल चलचित्र बोर्डका अध्यक्ष ओम जैसी, खेलकुद क्षेत्र बाट कोसिस खडका, यातायात क्षेत्रबाट पश्चिम नेपाल बस ब्यवसायि संघ प्रालिका अध्यक्ष दधिराम खरेल, सिद्धार्थ सार्वजनिक यातायात प्रालिका अध्यक्ष सन्दिप रोक्का, बैंकिंग क्षेत्रबाट ज्योति बिकास बैंकका प्रबन्धक अरुण अधिकारी, ब्यवसायिक क्षेत्रबाट गुप्ता नर्सरी प्रालि तिलोत्तमाका अर्जुन गुप्ता र बिकास गुप्ता हिरोज अफ पब्लिक अवार्ड २०७७ बाट सम्मानित हुनु भएको छ ।

sahani furniture udyog

यस्तैगरी उद्योग क्षेत्र बाट युवा ब्यवसायिको रुपमा आंशिक चौधरी , सांगीतिक क्षेत्रबाट अवसर अली, पत्रकारिता क्षेत्रबाट लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, राजनितिक क्षेत्रबाट देवी चौधरी, संबिधान सभा सांसद इस्तियाक अहमद खान हिरोज अफ पब्लिक अवार्ड २०७७ बाट सम्मानित हुनु भएको छ । यस्तै गरी तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे, देवदह नगरपालिका प्रमुख हिरा केसी, लुम्बिनी सास्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी, मर्चवारी गाउपालिका उपप्रमुख सुनिता कलवार, सम्मरीमाइ गाउपालिका प्रमुख बब्लु शुक्ला, मायादेवी गाउपालिका प्रमुख धुब्र नारायण चौधरी र रोहिणी गाउपालिका प्रमुख सनोज कुमार यादव लगायत हिरोज अफ पब्लिक अवार्ड २०७७ बाट सम्मानित हुनु भएको हो ।

दुर्गा गुरुंग र रुपन्देही युवा समुहका महासचिव कृष्ण खरेलले संचालन गर्नु भएको कार्यक्रममा संबिधान सभा सांसद इस्तियाक अहमद खान , रुपन्देही युवा समुहका संस्थापक अध्यक्ष आनन्द गुप्ता लगायत ले बोल्नु भएको थियो भने कार्यक्रममा ६ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.