कपिलवस्तु मा १११ अाैं अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

धनी राम काेरी
कपिलवस्तु , २३ फागुन
कपिलवस्तु जिल्ला काे सदरमुकाम ताैलिहवा मा १११औं अन्तर्राष्ट्रिय नारी दिवसमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

महिला हिंसा दिन प्रति दिन बढी रहेको पाइन्छ । नेपाल मा महिलाहरु असुरक्षित रहेको महसुस गरी रहेका छन । नेपाल काे संविधान ले महिलाहरुलाई दिइएको अधिकारलाई व्यहारमा लागु गर्न काे लागि धेरै महिला वक्ताहरुले जाेड दिनु भयो ।

महिलाको सुरक्षा ,सम्मान र राेजगार: समृद्ध नेपालकाे आधार भन्ने मुल नारा का साथ १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रम कपिलवस्तु काे ताैलिहवा मा सम्पन्न भएको छ ।

sahani furniture udyog

१११ औ अन्तर्राष्ट्रिय नारी दिवस अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समिति कपिलवस्तु कि उपप्रमुख तारावती चाैधरी काे अध्यक्ष्ातामा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति कपिलवस्तु काे अायाेजना र कपिलवस्तु काे महाराजगन्ज नगरपालिका, शिवराज नगरपालिका , कपिलवस्तु नगरपालिका , बुद्धभुमि नगरपालिका , कृ्ष्णनगर नगरपालिका , बाणगंगा नगरपालिका , यशाेधरा गाउपालिका, विजयनगर गाउपालिका , शुद्वाेधन गाउपालिका र मायादेवी गाउपालिका काे सह-अायाेजना र कपिलवस्तु कृयाशील संघसंस्था काे सहकार्यमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति कि उपप्रमुख तारावती चाैधरी , लुम्बिनी प्रदेश सभा सदस्य रीना नेपाल , कपिलवस्तु नगरपालिका कि उपप्रमुख लक्ष्मी गुप्ता , महाराजगन्ज नगरपालिका कि उपप्रमुख शुभावती कुर्मी,मायादेवी गाउपालिका कि उपप्रमुख गिता तिवारी लगायत अन्य महिलापुरुष काे सहभागीता रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.