महिला भएमा मात्र पुरुषको जीवन सार्थक हुने:- उपाध्यक्ष नेपाली

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
महिला सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने राष्ट्रीय नाराका साथ कपिलवस्तु को कृष्णनगर नगरपालिका को सभा हालमा १११ औं अन्तर्राष्ट्रीय महिला दिवस मनाएको छ।

कृष्णनगर नगरपालिका को आयोजना र इलाका प्रहरी कार्यलय कृष्णानगर, आफन्त नेपाल, शान्ति पुर्नस्थापना गृह, साना हात , सुआहारा , माहुरी होम, लगायत संघ संस्थाको सहकार्यमा कार्यक्रम संचालन भएका थिए। कृष्णनगर नगरपालिका की उपप्रमुख शबनम खातुन ले कार्यक्रम को अध्यक्षता गरेकि थिन । अतिथीहरुमा कृष्णनगर भन्सार कार्यलय प्रमुख जनार्दन पौडेल, बिओपी कृष्णनगरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्य,आन्तरिक राजस्व कार्यलय कृष्णनगर प्रमुख,लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्षमौलाना मसहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की, कृष्णानगर नपा वडा नं २ वडाध्यक्ष संजय गुप्ता,१०नं वडाध्यक्ष अब्दुल मोबिन खां,३नं.वडाध्यक्ष सगीर अहमद खां, रहेका थिए।

sahani furniture udyog

कार्यक्रममा बोल्दै कृष्णनगर भन्सार कार्यलय प्रमुख जनार्दन पौडेलले महिला हरुको हक अधिकार कहि कतै बाट वन्चित नहुनु पर्ने बताउदै महिला अधिकार सम्बन्धि समस्या रहे को ग्राउंड जिरो देखि नै समाधान गर्नु पर्नेमा जोड़ दिए। लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली उपस्थित सबै लाई धन्यवाद दिदै महिला लाई उच्च सम्मान दिनु पर्नेमा जोड़ दिदै आमा को खुट्टा मुनि स्वर्ग रहेको बताउदै भने कि स्विट्जरलैंडमा इस्लाम धर्मका महिलाले लगाउने बुर्का(नकाब) कपड़ा माथि लगाएको प्रतिबन्ध घोर निन्दनीय छ। महिला भएमा मात्र पुरुष को जीवन सार्थक हुने समेत बताउनु भयो। कार्यक्रम मा बोल्दै उपप्रमुख शबनम खातुन ले महिला अधिकारका लागि आफुहरु सधै लड़ने बताए र महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय को व्यवस्था हुनुपर्ने कुरा मा जोड़ दिदै कार्यक्रम समापनको घोषणा समेत गरेका थिन।

सोहि कार्यक्रम मा राष्ट्रीय मदरसा संघ नेपालले भन्सार प्रमुख, आयशा गर्लस कालेजका अध्यापक र २नं.वडाध्यक्ष समेतलाई दोसल्ला ओढ़ाई सम्मान गरेको र माहूरी होमका प्रतिनिधि ले समेत महिलाअधिकार क्षेत्रमा काम गर्ने विभिन्न व्यक्ति लाई प्रशंसा पत्र र दोसल्ला ओढ़ाई सम्मान गरेको थियो । कार्यक्रम मा कृष्णनगर नगरपालिका महिला तथा बाल विकास शाखा प्रमुख थुमा उपाध्यय , सुआहारा का पृथीपाल तेली,लगायत नगरपालिका कर्मचारी पत्रकार , प्रहरी लगायत संघ संस्था का प्रतिनिधि हरु को उपस्थिती रहे को र कार्यक्रम सञ्चालन इश्वरी प्रसाद पौडेल ले गर्नु भएको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.