
फागुन २८ ,कपिलवस्तु
जिल्लाको मायादेवी गाउँपालिका वडा नं ३ अन्तर्गत बरगदवामा संचालित जनजागरण सामाजिक संस्थाद्वारा आयोजित क्रीकेट प्रतियोगिताको प्रथम पुरस्कार भैस्कुडांले जितेको छ। फाल्गुन -१० गतेदेखी संचालित प्रतियोगिता फाल्गुन-२८ गते फाईनलको अन्तिम खेलमा बनगाईलाई हराउदै भैस्कुडां प्रथम हुन सफल भएको हो। प्रथम पुरस्कार विजेता समूहलाई शिल्ड र प्रमाणपत्र सहित रु.१५००० नगद र द्वितीय पुरस्कार विजेता समूहलाई शिल्ड र प्रमाणपत्र सहित रु. ८००० नगद रकम प्रदान गरिएको हो। साथै मायादेवी गा.पा.प्रमुख बजरंगी प्रसाद कुर्मीद्वारा खेलाडीहरुको मनोबल बढाउन र हौसला प्रदान गर्नका लागि आफ्नो व्यक्तिगत तर्फबाट प्रथम र द्वितीय समूहलाई क्रमस: रु. २००० र रु. १००० नगद रकम प्रदान गर्नु भएको हो।

युवाहरुको हरेक क्षेत्रको विकासका लागि गाँउपालिकाको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उहाँको उपस्थिती रहेको थियो। यस्तै प्रत्येक वर्ष भैरहेको यो क्रीकेट प्रतियोगिता विगत केही वर्ष संचालन हुन नसकेकोले जनजागरण सामाजिक संस्था एवम् जसपाका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले दुख व्यक्त गर्नु भएको हो। विगत केही वर्षदेखि यस ठाँउमा अलिकति अराजकताको अवस्था सिर्जना भएकोले हामी क्रीकेट प्रतियोगिता गराउन असमर्थ्य रहेका थियौं ,तर अब आउने समयमा हामी यो भन्दा पनि नमुना खेल गराउने छौं भनी प्रतिबद्धता समेत गर्नु भयो। साथै खेल संचालनमा कहि कतैबाट सानोतिनो कमिकमजोरी एवम् गल्ती भएकोमा आफ्नो यस संस्थाको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट क्षमा प्रारार्थी छु, भनेर भन्नु भयो।
कार्यक्रममा प्रमुख अतिथी कपिलवस्तु क्षेत्र नं१ (क) को प्रदेश सभा सदस्य विष्णु पन्थी , विशिष्ट अतिथी मायादेवी गां.पा. प्रमुख बजरंगी चौधरी , मायादेवी गां. पा. वडा नं ३ का अध्यक्ष सुकदेव प्रसाद तिवारी , नवीन ईन्स्टिच्यु अफ फारेन ल्याङ्गेज का सि.ई.ओ. नवीन चौधरी ,बशिष्ट पाण्डे , सनलाईट स्कुलका शिक्षक रामबरण यादव यस संस्थाका संस्थापक एवम् जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव लगायतका उपस्थिती रहेको थियो। राकेश कुमार यादवले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रमका अध्यक्ष मोहम्मद सकिल अन्सारीद्वारा कार्यक्रमको समापन भएको हो।

