बिजयनगरमा नियम मिचेर नदी दोहन, पालिका प्रमुख भन्छन् हामी रोक्दा पनि ठेकेदारले मानेनन् ।

0
Quantam abroad studies

कपिलवस्तु –

नदीजन्य पदार्थ निकासी गर्दा स्काभेटर प्रयोग गर्न नपाइने नियम भएपनि कपिलवस्तुको बिजयनगरका खोलामा स्काभेटर प्रयोग गरिएको पाइएको छ । कपिलवस्तुको विजयनगर गाँँउपालिकामा नदीजन्य पदार्थ निकासीमा स्काभेटर गाँउपालिका क्षेत्र भित्र रहेका खोलामा दिनदाहडै ठेकेदार पक्षले मेसिन प्रयोग गरि खोला नदी दोहन गरिरहँदा पनि गाँउपालिका मौन बसेको छ । गाँउपालिकाले विस्वा खोला अमानतमा ठेक्का लिइ आफनो कार्यकर्ता पालेको स्थानीय जसपा नेता राम निवास पुरीले आरोप लगाउनुभयो । नेता पुरीका अनुसार “जनगुनासो बढदै गएपछि जसपाका नेताहरुले उक्त खोलामा अनुगमन गर्न पुग्दा स्काभेटरले खोला दोहन गरीरहेको पाइएको छ।” स्थलगत हेर्दा बनजंगल नै मासेको देखियो, क्षणिक स्वार्थले गर्दा भविष्यमा पर्यावरणलाई असर पर्ने कार्य भएको नेता पुरीले एसएम ऑनलाइन न्यूज़लाई बताउनु भयो। विजयनगर क्षेत्रका विस्वा खोला, गंगटे खोला, जवाबैराठ खोलामा स्काभेटर प्रयोग गरिएको नेता पुरीले जानकारी गराउनुभयो।


स्थानियले स्काभेटर बारे पटक पटक गाँँउपालिकालाई जानकारी गराए पनि कुनै सुनुवाई नभएको स्थानिय युवाले बताएका छन । अधिकांस खोलामा जेसीवी स्काभेटर प्रयोग गरीदा प्रहरी प्रशासन मौन बस्दा प्रहरीको पनि मिलेमतो हुन सक्ने आशंका गर्न सकिने अवस्था देखिएको छ । तर यश बिषयलाई खण्डन गर्दै गणेशपुर इप्रकाका प्रमुखले भने ” यो गाउँपालिकाले आफ्नो नितिनियम र मापदण्ड तोकी सम्झौता गरेर नदीजन्य पदार्थ निकासी गरिरहेको बहिर बाट कुनै किसिमको गुनासो पनि नआएकोले हामीलाई जानकारी नभएको स्पष्ट पार्नुभयो ।

sahani furniture udyog

उता खोला दोहनमा आफ्नो कुनै मिलेमतो नभएको विजयनगर गाँँउपालिकाका अध्यक्ष गोपाल थापाले बताउनु भएको छ । जनगुनासो आएपछी खोलामा अनुगमन गरी जेसिबी,स्काभेटर प्रयोग नगर्न पटकपटक अनुरोध गरेको उहाँले बताउनु भयो। उहाँले भन्नुभयो “हामीले नदीमा डम्पीङ्ग नगर्न र मेशनरी औजार प्रयोग नगर्न भनेका छौ तर ठेकेदार पक्षले बदमासी गरेको छ यसलाई कार्वाही हुनुपर्छ भनी अध्यक्ष थापाले एसएम ऑनलाइन न्यूज़लाई बताउनु भएको छ।

नदिजन्य पदार्थ निकासीले बनको क्षेत्रमा कुनै पनि किसिमको क्षति हुनु पर्दैन यदि कुनै प्रकारको क्षति हुन्छ स्थानीय तह, जिल्ला समन्वय समिति र ठेकेदारले जवाफदेही हुनुपर्छ भनी डेफो दुर्गा बहादुर कार्कीले बताउनुभयो । नदिजन्य पदार्थ निकासीलमा अनियमिता बढेको व्यापक जनगुनासो बढेको भए पनि गाउँपालिकामा दलका प्रतिनिधि , स्थानिय संचार माध्यमले विषयवस्तु उठान नगरेको स्थानियले आरोप लगाएका छन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.