
उत्तमकुमार थापा , बझाङ
नेपाल स्वयंसेवक सँघका सदुरपश्चिम अध्यक्ष नवीन थापा बझाङमा पुग्नु भएको छ ।
देशमा भएको पछिल्लो घटनाक्रम र अहिलेकाे बस्तु स्थिति बुझ्न र सँघठन विस्तार कार्यक्रममा सहभागी हुन अध्यक्ष थापा जिल्लामा अाउनु भएको हाे । नेपाल स्वयंसेवक सँघ जिल्ला अध्यक्ष पुष्कर खड्का सहित केही युवाहरुकाे टाेली जिल्लामा रहेकाे मष्टा गाउँपालीकामा पछिल्लो विकास र गाउँघरका समस्या बारे बुझ्न गाउँपालीकाकाे वडा नम्बर पाँच किनाडामा गएको जिल्ला अध्यक्ष पुष्कर खड्काले बताए ।

स्वयंसेवक सँघ सुदुरपश्चिम प्रदेश अध्यक्ष उपाध्यक्ष र जिल्ला अध्यक्ष लगाएतकाे टाेलि निष्पक्ष र मर्यादित रहि समाज रुपान्तरणमा लागेकाे साथै भ्रष्टाचार कहि कतै भएको थाहा पाए घाेर विराेध सँगै सचतहुन तुरुन्तै पहल गर्ने जनाएको छ । पछिल्लो समय देशमा भएको घटना परिघटनालाई नियाल्दै अप्ठ्यारो परेको स्थानमा सहयाेग गर्ने भ्रष्टाचार भएको ठाउँमा खवदारिकाे भुमिकामा रहने स्वयंसेवक सँघका सुदुरपश्चिम अध्यक्ष थापाले बताए ।
मष्टा पाच किनाडामा अायाेजित एक कार्यक्रममा भने ,त्यताकाे सिचाइ कुलाे र विद्यालयकाे विषयमा बहस भएको थियाे । सबै जनसमुदायलाई विकास निर्माणमा हातेमालो गर्न अाग्रह गरिएको हाे ।


