यशोधरा गाउँपालिका मा नागरिक आरोग्य केन्द्र सञ्चालनमा

0
Quantam abroad studies

कपिलवस्तु असार १
नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न कपिलवस्तु को यशोधरा गाउँपालिका ४ अम्लोनहामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र र यशोधरा गाउँपालिकाको सहयोगमा मंगलवार देखि नियमित सेवा दिने गरी केन्द्र सञ्चालन गरिएको हो । हराउँदै गएको आयुर्वेद चिकित्सा तथा यसको महत्त्वबारे बुझाउनसमेत केन्द्रको महत्त्वपूर्ण भूमिका रहने कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. प्रबेश श्रीवास्तवले बताउनु भयो।

यशोधरा गाउँपालिका–४ मा स्थापना गरिएको केन्द्रबाट नागरिकलाई निःशुल्करुपमा आधारभूत सेवा प्रदान गर्ने प्रमुख श्रीवास्तवको भनाइ छ ।“सैद्धान्तिक हिसाबले आयुर्वेद चिकित्साका प्रमुख दुई उद्देश्य रहेका छन् ” प्रमुख श्रीवास्तवले भन्नू भयो “स्वस्थ व्यक्तिको रक्षा गर्नु र रोगी व्यक्तिको रोग निर्मूल गर्नु नै आयुर्वेदको प्रमुख उद्देश्य हुन् ।”

sahani furniture udyog

परापूर्वकाल देखि आयुर्वेद चिकित्सा अपनाउँदै आएको भए पनि पछिल्लो समय यो चिकित्सा पद्धति आझेलमा परेको भन्दै प्रमुख श्रीवास्तवले आयुर्वेद चिकित्सा पद्धतिसँग हाम्रो जीवन जोडिएको बताउनु भयो । आयुर्वेदलाई धेरैले उपचार पद्धतिका रुपमा स्वीकार गर्न अनकनाइरहेका अवस्थामा एलोपेथिक उपचारपछि ठीक नभएका कतिपय बिरामी आयुर्वेदमा पुगेपछि निको हुने गरेका उहाले बताउनु भयो ।

पछिल्लो समय विश्वमा फैलिएको कोभिड–१९ को महामारीका क्रममा २७ सय जना बढीले आयुर्वेद औषधीको सेवन गरि यसको महत्त्व बुझेका प्रमुख श्रीवास्तवको भनाइ छ । आयुर्वेद चिकित्सा पद्धतिलाई हाम्रो जीवनसँग जोड्दै लैजानसके दीर्घ रोगबाट छुट्कारा पाउन सकिने उहाले बताउनु भएको छ । जिल्लाका हरेक स्थानीय तहमा नागरिक आरोग्य केन्द्र स्थापनाका लागि काम थालिएको छ ।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष गृजेश पाण्डेयले पौराणिककाल देखि नै आयुर्वेद चिकित्साको सबै ब्यव्स्थापन हुँदै आएको र पूर्वीय सभ्यतामा आयुर्वेद विषयवस्तुबारे पहिलेदेखि वर्णन गरिएको बताउनुभयो । स्वस्थ रहनका लागि र रोगी अवस्थामा पनि निरोगी हुने उपायबारे हाम्रो पूर्वीय दर्शनमा उल्लेख गरिएको पाण्डेयले बताएका छन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.