दातृ निकायको आर्थिक सहयोगमा स्वास्थ्य समाग्री हस्तांतरण

0
Quantam abroad studies

बहादुरगंज,कपिलबस्तु ।
यहाँको एक दातृ निकायको आर्थिक सहयोगमा कपिलबस्तुका स्थानीय पालिकाहरुलाई कोरोना भाइरस (कोभिड १९) सम्बन्धि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।

दातृ निकाय नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ, एन.ए.बी.पी.,नर्बेको आर्थिक सहयोग र नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द —कालेबाबु– नारायणी आँखा अस्पताल,बहादुरगंजको आयोजनामा कपिलबस्तका ४ वटा स्थानीय पालिकाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीलाई संयुक्त रुपमा २ हजार थान सर्जिकल मास्क र ५ लिटरको सेनीटाइजर अस्पतालका प्रशासक जसराज विश्वकर्माले हिजो हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष सुधादेबी पाण्डे र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई पनि सोही परिमाणमा सर्जिकल मास्क तथा सेनीटाइजर हस्तान्तरण गरिएको थियो भने मायाँदेबी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मी र उपाध्यक्ष गीता तिवारीलाई तथा यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेलाई दुई/दुई हजार थान सर्जिकल मास्क र पाँच÷पाँच लिटरको दरले सेनीटाइजर हस्तान्तरण गरिएको थियो । कोरोना भाइरस कोभिड १९ को दोस्रो भेरियन्टको संक्रमणको रोकथाम,उपचार र व्यवस्थापन गर्नमा स्थानीय सरकारलाई थोरै भए पनि केही टेवा पुर्याउने उद्देश्यले सो स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वर्माले बताए ।

साथै उनले केही दिनभित्र कपिलबस्तु जिल्लाका अन्य ६ वटा नगरपालिकालाई पनि यस्तै किसिमको स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिने कार्यक्रम रहेको समेत जानकारी दिएका छन् ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.