साउदी सरकारले हजयात्राप्रति लिएको निर्णयको स्वागत गर्दै आग्रीम शुभकामना राष्ट्रीय मदरसा संघ

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु मुस्लिम धर्मावलंम्बीहरु महान तिर्थ यात्रा हज गर्नको लागि विश्व भरका मुस्लिमहरु प्रत्येक बर्ष साउदी अरबमा पुगी आफ्नो रीति रिवाज अनुसार हज यात्रा सम्पन्न गर्दै आउने गर्दथे । तर गत बर्ष विश्वभरमा कोरोना भाइरस महामारीको रुपमा फैलिएको कारण साउदी सरकारले विश्व स्वास्थ्य संगठनले दिएको सुझाव सल्लाहको सम्मान गर्दै गतबर्षमा दस हजार जनालाई मात्रै हज गर्न दिएको थियो ।तर यो बर्षमा

साउदी अरेबियाले घोषणा गरेको छ कि यस वर्ष विदेशबाट आएका तीर्थयात्रीहरूले हजमा भाग लिन सक्नेछैनन्। यद्यपि यस देशमा रहेका विभिन्न देशका ६००००(साठी हजार) तीर्थयात्रीहरूले हजको अनुष्ठान गर्ने अवसर पाउने छन्

यसभन्दा पहिले , जब कोरोना भाइरसको मुद्दा केही हदसम्म नियन्त्रणमा थियो र विश्वका अधिकांश देशहरूमा पीडितहरूको संख्या द्रुत रूपमा घट्दै गइरहेको थियो,तब साउदी सरकारले घोषणा गरेकि यस वर्ष विदेशबाट सीमित संख्यामा तीर्थयात्रीहरू हजमा भाग लिने छन् । तर दुई महिना अघि, जब कोरोनाको दोस्रो लहर पहिले भन्दा धेरै खतरनाक रूपमा देखा पर्‍यो, र भारतमा संक्रमित बिरामीहरूको संख्या दैनिक लाखभन्दा बढी हुन थाल्यो, विश्वका धेरै देशहरू यहाँ उडान प्रतिबन्धित गरिसकेका छन । यो पनि ज्ञात छ कि कोरोना भाइरस अब नयाँ रूपहरुमा आक्रमण गर्दै छ जुन पहिले भन्दा धेरै खतरनाक साबित भइरहेको छ। अप्रिल र मे महिनामा बिरामी र मृत्युको संख्या कोइ बिर्सन सक्दैन।

हज गर्दा कोरोना भाइरसबाट बच्नको लागि अपनाउनु पर्ने सम्पूर्ण सावधानीकासाथ हज यात्रा सम्पन्न गर्नामा मद्द गर्ने र विश्वबाट यो महामारी ‌‌‌‌‌‌‌‌‌‌ छिटै खत्म हुन को लागि सबैसंग प्रार्थना गर्नाको लागि अनुरोध गर्दै साउदी सरकारले यसपालिको हजयात्रा प्रति लिएको निर्णयको स्वागत तथा प्रसंशा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना महमूद खा नेपाली , राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनी अलकुफी तथा राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्कीले गर्दै यो बर्षको हजयात्री गर्ना पाउने हजयात्री तथा सुरक्षित तरिकाले हजयात्रा गराउने साउदी सरकारलाई आग्रीम बधाई तथा शुभकामना व्यक्त गरेका छन।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.