

प्रदेश २ , असार १२
नेपाल कम्युष्टि पार्टी केन्द्रीय सदस्य सिन्धुली निवासी कमल घिमिरेको हिजो असार ११ गते साँझ निधन भएको छ । उहाँ एक पुराना कम्युनिस्ट नेता हुन् । उहाँप्रति नेपाल कम्युनिस्ट पार्टी प्रदेश २ कर्य समितिले शोक बक्तब्य जारी गरि गहिरो दुख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ भने शोक सन्तप्त उहाँको परिवार , मित्रगण तथा सहयोद्धा साथीहरुमा गहिरो समवेदना प्रकट गरेको बताएको छ ।

बक्तब्यमा उल्लेख भए अनुसार घिमिरे बिरामी परेर बिछ्यौनामा अशक्त रहँदा पनि नेपाली कम्युनिष्ट आन्दोलनको चिन्ता गर्ने , देशमा उत्पन्न भएका बृकृति र बिसंगति औल्याउने तथा आफूले क्रियाशील हुन सकेको बेला हर हमेशा नेपाली मजदुर किसानका समस्यालाई लिएर प्रशासनसँग लड्ने एक लडाकु , निष्ठावान कमरेड पुष्पलालका एक सच्चा अनुयायी र क्रान्तिकारी भावनाले ओतप्रोत भएको व्यकि्तत्व हुनुहुन्थ्यो । यस्ता कमरेडलाई गुमाउन पर्दा नेपालको कम्युनिष्ट आन्दोलन र नेपाल कम्युनिष्ट पार्टीलाई ठूलो क्षति पुगेको पार्टीले बक्तब्यमा जनाएको छ ।
नेता घिमिरेको निधन प्रति श्रद्धाञ्जली दिदै नेपाल कम्युनिस्ट पार्टी प्रदेश २ कार्य समितिका अध्यक्ष रामदुलार महतो द्वारा हस्ताक्षर गरि शोक बक्तब्य जारी गरिएको छ ।
