कमलेश चन्द्र गुप्ता , कपिलवस्तु
कपिलवस्तुको भिल्मीमा एकघरमा आगलागी भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नं.६ भिल्मीमा गएरति करीब २ बजे आगलागी भएको हो । राति २ बजे लागेको आगो करीब साढ़े ४ बजे नियन्त्रणमा आएको छ ।
मच्छड़ धपाउनको लागि जलाइएको गूइठामा आगो सल्काएको अवस्थामा सोही आगो सल्कीएर घर जलेको हो । आगलागीबाट लाता कपड़ा, धान, चामल, दाल , दाउरा, केहि नगद सहित २ वटा बाख्रा जलेर नष्ट भएका छन् । सो आगलागीबाट करिब १ लाख ५ हजार बराबरको क्षती भएको अनुमान गरिएको छ ।
आगलागीबाट घिरे कोरीको घर जलेर नस्ट भएको भिल्मी प्रहरी चौकीका इंचार्ज सम्भु धितालले जानकारी दिनु भएको छ । आगोलाई स्थानियले स्थानीय स्रोत साधनबाट नियन्त्रणमा लिएको स्थानिय निवासी नरेश यादवले जानकारी दिनु भयो।