वच्चा जन्माउने साधन मात्र हैनन महिला नेतृ पनि हुन

0
Quantam abroad studies

निशा धामी ठगुन्ना , बझाङ
हामी नेपाली , हाम्रो नेपाल, सानाे अनि चिटिक्क चारै तिर डाडा काँडा सँगै हरियाली बनपाखा उस्ता उस्तै रमाइलो छ । जङ्गलै जङ्गलले भरिपुर्ण हाम्रो देश नेपाल जलकाे दृश्यले दाेस्राे धनी मानिन्छ । सुन्दर अनि आक्रसक सबै भाषाभाषी धर्म सस्कृति सँगकाे एकेवद्वता हाम्रो समाज परिवर्तनको चाख सगै बाधा अवराेध उस्तै हुने गर्छन ।

पछिल्लो समय परिवर्तनका विकास तिर लम्किएकाे देखिन्छ, देश सँघिय सग्रचनामा गएसँगै विकासका लहर त छाए म गाउँघरमा जादा जनआवाज दुखि जस्ता जस्तै भेटिन्छन । ( निलाे आकाशमा कालाे बादलले दिनानुदिन घेरेकाे भेट्छु महिलाका घाँटी जताततै रेटेकाे देख्छु के भयाे आजभाेली सबै अन्यायमा परेकाे देख्छु ) अखाबाट अशु झर्छ सम्झेर मन दुख्छ ,हेर्दा तारा चम्किलो देख्छु राति झसङ्ग हुँदै यस्तै यस्तै पिडादायि शब्द लेख्छु ।

नेपाल भाैगाेलिक दृष्टिकोणले निकै चम्किलो तारा हाे । ३६ जात २४ बर्णले परिपुर्ण छ । यसै विच विभिन्न जातभातका कुरा अाउन्छन हामी नेपाली सबै एक हैन र , देशको सग्रचना हेर्नेहाे भने, सघियताकाे आभास भएको देखिन्छ । ७ वटा प्रदेश सँगै सातै प्रदेशका स्थानीय तहहरुमा विभाजित प्रत्येक्ष जनप्रतिनिधि पाएकाे छ। कराेडाै बजेट स्थानीय तहमा देखिन्छ । जनता सँगकाे अझै अव्वलरुपमा हातेमालो हुन नसक्दा उस्तै समस्या देखिनि त्यति नाैलाे कुरा हैन ।

sahani furniture udyog

हाम्रो देश प्रापुर्व कालदेखी नै धर्मका आधारमा परिचित रहेकाे छ। नयाँ नयाँ प्राकृतिक अप्राकृतिक रुपमा देखिएका समयाले ग्रामीणवस्तिमा महिलाहरुमाथि दवाव पीडा , सँगै विभिन्न यातना हुने पाईन्छ । जन्मघर छाेडेर प्राईघर आउनु पर्ने महिलाको पिडालाई धेरैले गहन गर्न सक्दैनन । पैलि घरको पीडा धेरैले बुझ्दैनन । म केदारस्यू गाउँपालीकी उपाध्यक्ष हुँ । महिला नेतृ उपाध्यक्ष भएको कारण मैले समाज रुपान्तरणमा केहि न केहि गर्नै पर्छ भन्ने चासाे राखेको छु । महिलाले महिलाको पिडा हेर्नुपर्छ ,याहाँ पुरुषहरुले बुझ्दैनन मैले सबै पुरुष उस्तै हुन भन्न खाेजेकाे हैन ।

म उपाध्यक्ष भए पछि , मेराे केदारस्यू गाउँपालीका निकै विकासमा फट्काे मारेको देखिन्छ । तर जति गर्नुपर्ने हाे त्यति हुन सकेको छैन । मसुईकार्द छाै ,, गाउँघरमा जान्छु कसैलाई विहान बेलुकी खान बस्न समस्या उस्तै देख्छु । गर्भवती महिला देखि सुत्केरी दिदीबहिनीहरुका पीडा निकै नाजुक देखिन्छन । त्यसैलाई अग्रगहर्ण गर्दै मैले उपाध्यक्ष काेसेली कार्यक्रम लागू गरेकी हुँ । यस कार्यक्रमबाट महिला दिदीबहिनीहरुले अाफ्नाे स्वास्थ्य सुधार र बच्चाकाे सुधारकाे लागि अाफै साेचुन भन्ने हेतुले याे गरेकी हुँ । यसरी समाजमा काम गरिरहदा पछिल्लो समयमा महिला दिदीबहिनीहरुमा निकै खुसि छाएको पाईन्छ ।

स्थानीय तह केदारस्यू गाउँपालीकाकाे अार्थिक सहयाेगमा उपाध्यक्ष काेसेली कार्यक्रमले महिलाको स्वास्थ्य सुधारमा निकै चासाे देखाएकाे पाईन्छ । धेरै दिदीबहिनीहरु म अाफै सँग सल्लाह लिन्छन र अाफुले जानेको कुरा मलाई सिकाउन्छन सम्बन्ध पनि निकै नजिक भएको देखेकी छु । ग्रामीण बस्तीमा रहेका महिलाहरु कहिले पनि स्वास्थ्य सँस्थामा अाउदैन थिए , अहिले विभिन्न जनचेतनामूलक कार्यक्रमले स्वास्थ्य मै जानुपर्छ भन्ने चाहाना राख्दै अाउने गर्छन । म त गर्भवती अवस्थामा ४ पटक चेक गराउनुहाेस भनेर सल्लाह सुझाव पनि दिने गरेको छु । यसरी समाजमा रहेका दिदीबहिनी परिवर्तन भएको देख्दा निकै खुसी हुने गर्छु ।

त्यसैले महिला समाजको ऐना हुन ,महिला समाज रुपान्तरणकाे एक पात्र हुन ,महिला समाजको फुल हुन । यिनले नेतृत्व लिदै अगाडि बढ्न सक्छन । केवल वच्चा जन्माउने साधनको रुपमा मात्र नहेर्न अनुराेध गर्दछु ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.