प्रहरी प्रधान कार्यलयमा आयोजित समारोहमा प्रहरीका ६१ अधिकृत दर्ज्यानी चिन्हद्वारा सुशोभित

0
Quantam abroad studies

काठमाडौं

नेपाल प्रहरीका ६१ जना अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । आइतबार प्रहरी प्रधान कार्यलयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुलाई सुशोभन गरेका हुन् ।

sahani furniture udyog

२०७८ साउन १४ गतेको मन्त्रिपरिषद बैठकबाट पदोन्नति भएका प्रहरी नायव महानिरीक्षक सौरभ राणा तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छाँयादेवी गुरुङ लगायतका अधिकृतहरु सुशोभित भएका हुन् ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका सम्पुर्ण प्रहरी अधिकृतहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतिले थपेको नवीन उर्जालाई सदुपयोग गरी आमनागरिकप्रति थप जिम्मेवार भई व्यावसायिक भूमिका निर्वाह गर्दै काम गर्न निर्देशन दिएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.