शुद्धोधन गाउँपालिकामा पुन ट्रान्सफार्मर चोरी

0
Quantam abroad studies

राज कुमार चमार, साउन १७,
शुद्धोधन गाउँपालिका वडा नं. २ भुसुडीमा गएराति अज्ञात समूह द्वारा ५० के.बी को ट्रान्सफारमर चोरी भएको छ । यस पालिकामा ट्रान्सफारमर चोरीको घटना भने कुनै पहिलो होइन यस्तो घटना धेरै पटक भएको छ ।

चोरी गर्नेले उक्त ट्रान्सफार्मरको कभर फुटालि भित्रका महत्त्वपूर्ण पाटपुर्जा मात्र निकालेर लगेको छ। भित्री महत्त्वपूर्ण पाटपुर्जा लगे पश्चात कभर लगायत अन्यभाग भने घटनास्थलमै फालिएको अवस्थामा भेटिएको छ । चोरी भएको ट्रान्सफार्मर बारे स्थानीय विद्युत कर्मचारी सँग बुझ्दा त्यो ट्रान्सफर्मर १ महिना देखी जडान गरिएको थियो भने भोलिदेखी विद्युत सञ्चालन गर्ने तयारीमा थियौ । तर आज बिहान ट्रान्सफर्मर चोरी घटना थाहा पाएको बताएका छन् ।

sahani furniture udyog

यसपालिकामा यो भन्दा पहिला पनि ट्रान्सफार्मर चोरीका घटना भैसकेको छ । तरा आज सम्म ति घटनाका दोषीभने पक्राउ परेका छैनन् । दोषी पक्राउ नपर्नाले चोर लगायत अपराधीको मनोबल बढदै गएको सहजै अनुमान गर्न सकिन्छ ।

यसैगरी ट्रान्सफार्मर चोरीबारे जानकारी लिदा अनुसन्धान चलिरहेको इलाका प्रहरी कार्यलय पकडीका ईन्चार्ज कृष्णा प्रसाद खत्रीले बताएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.