सुदुरपश्चिम प्रदेश युवा परिषद सदस्यकाे सफतग्रहण कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

उत्तमकुमार थापा, धनगढी
सुदुरपश्चिम प्रदेश युवा परिषद सदस्यकाे सफतग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

आज एक कार्यक्रमका विच स्वास्थ्य तालिम केन्द्रकाे हल धनगढीमा सुदुरपश्चिम प्रदेशका सबै जिल्ला समेटेर सबै सदस्यहरुकाे सफत ग्रहण कार्यक्रम गरेको हाे । कार्यक्रममा सुदुरपश्चिम प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कवरकाे अध्यक्षतामा सामाजिक विकास मन्त्री लालबहादुर खड्का विशिष्ट राज्य मन्त्री मना कुमार साउद रहनुभएकाे थियाे ।

आज युवा परिषद प्रदेशले पुर्णता पाएकाे छ। पुर्णता पाए सँगै सफत लिनेमा छत्र रावल टिकेश्वरी विक कल्पना साउद , दिनेश सिह विर्ख कठायत वतासु चाैधरी प्रविण बाेगट , कुविष्ना पन्त शेर बहादुर बिष्ट मनाेज चन्द लक्ष्मी साउद गैराल ईश्वरी दत्त भट्ट हिरा सिह धामी अशिष विष्ट झलक भण्डारी रामप्यारी कुमारी रावल , लक्ष्मी दत्त जाेशीले लाई सामाजिक विकास मन्त्री खड्काले सफत खुवाउनु भएको हाे । कार्यक्रममा बाेल्दै मन्त्री खड्काले भने अब युवाले केही गर्नु पर्छ युवाले याे महामारी समयमा केही समाधानका उपाय खाेज्नु जरुरी देखिन्छ ।

अब युवा बेरोजगार हुँदै विदेश जाने हैन तपाईंहरुले सबै लाई सचेत र राम्रो सन्देश दिनु हुनेछ भन्ने अाशा सहित अब जिल्लाले पनि पुर्णता पाउने उहाको भनाइ छ । कार्यक्रम सञ्चालन भने कानुन अधिकृत दान बहादुर सुनारले गर्नुभएको थियाे ।

Leave A Reply

Your email address will not be published.