हिन्दु स्वंयसेवक संघ नेपालले महाराजगन्जमा गुरु दक्षिणा उत्सव मनायो

0
Quantam abroad studies

कपिलवस्तु , साउन २३
कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा नं १ महाराजगन्ज मा हिन्दु स्वंयसेवक संघ नेपाल ले श्री गुरु दक्षिणा उत्सव मनाएको छ ।

उत्सव कार्यक्रम का अध्यक्ष बसुदेव प्रसाद चाैधरी हिन्दु धर्म विश्व काे सबैभन्दा पुरानो धर्म हाे । हिन्दु धर्म लाई अगाडि बढाउन काे लागि संगठित हुनु पर्छ अनि मात्र गर्न सक्छौ । हिन्दु स्वंमसेवक संघ मा कुनै प्रकार काे विवेद पनि रहेको छैनन् चाैधरी बताउनु भयो ।

डा. विनय कुमार पाण्डे संगठन काे सम्पर्क प्रमुख हिन्दु हरु अधिकार काे बारेमा अवाज उडाउने काम गर्दै अएकाे छ । हिन्दु स्वंयसेवक संघ ले काेराेना भाइरस काे संकटको वेला मा गरिब परिवारहरुलाई धेरै ठाउँमा राहत समेत वितरण गरेको छ । हिन्दुहरु लाई संगठित गरेर हिन्दु धर्म काे संस्कारलाई जाेगाउने काम गर्दछ ।

कार्यक्रममा बाेल्दै राष्ट्रिय सभा सदस्य दिर्घनारायण पाण्डेले विश्व काे सबैभन्दा पुरानो धर्म भनेकाे हिन्दु धर्म नै हाे । एउटा हिन्दु धर्म मात्र यस्तो हाे कि कुनै पनि धर्मको विराेध गर्दैन । हिन्दु धर्मले सबै धर्मलाई सम्मान गर्दछ ।

उत्सव कार्यक्रममा हिन्दु स्वंयसेवक संघ नेपाल का कपिलवस्तु संघ चालक बसुदेव प्रसाद चाैधरी , कार्यवाहक अध्यक्ष दिनेश चाैधरी , सम्पर्क प्रमुख डा. विनय कुमार पाण्डे , राष्ट्रिय सभा सदस्य माननीय दिर्घनारायण पाण्डे , शुद्धाेधन गाउपालिका उपप्रमुख सुधा देवी पाण्डे र अन्य व्यक्तिहरु काे पनि सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.