
धनी राम काेरी , कपिलवस्तु , साउन २५
कपिलवस्तुकाे महाराजगन्ज नगरपालिकाले निर्माण गरेको महाराजगन्ज नगरपालिका वडा १ हुँदै जाने नगरपालिका कार्यालय सम्म निर्माण भएको सडक ६ महिना नबित्दै भत्किन थालेको छ ।
महाराजगन्ज सहरी विकास अंतरगत ढल निकास तथा सडक स्तराेन्नती याेजना अंतरगत नाली तथा सडक १ कराेड ५६ लाख १२ हजारकाे लागतमा निर्माण भएको कालोपत्रे सडक गुणस्तरहीन रहेको स्थानीयले बताएका छन् । उक्त नवनिर्मित सडक ठाँउ ठाँउमा भासिएको र कालोपत्रे फुटेको छ ।
यस विषयमा नगरपालिकाका प्रविधिक प्रमाेद चाैधरी संग स्थानीयले सडक गुणस्तरहीन निर्माण भएको गुनासो गरेका छन् यस विषयमा तपाईंले के भन्न चाहनु हुन्छ भनेर बुझदा उनले सडक गुणस्तर हिन नभएको बताए । उनले जुन ठाउँमा सडक भासिएकाे र कालोपतत्रे फुटेको छ त्यस ठाउँमा निर्माण कम्पनीले पुननिर्माण गर्नेछ ।

निर्माण कम्पनी पि. अार पन्थ जे.भी ले भने स्टिमेट अनुसार काम भएको बताएको छ । कम्पनी अनुसार नयाँ माटो पटानका कारणले केहि ठाउँमा सडक भासिएको हुनसक्छ ।निर्माण भएको ६ महिना नबित्दै यसरी सडक भासिएको कारण त्यस क्षेत्रका स्थानीय भने निर्माण कम्पनीको काम संग असंतुष्ट रहेका छन् ।
झट हेर्दा सडक गुणस्तर हिन भएको सजिलै अनुमान लगाउन सक्ने बताउदै स्थानीयले असंतुष्टी जाहिर गरेका छन् ।



